कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने पशु चिकित्सकको दाबी
एजेन्सी ।
एक जर्मन पशु चिकित्सा विश्वविद्यालयले गरेको अध्ययन अनुसार केही दिनको तालिमसहित कुकुरले कोरोनाभाइरस संक्रमित मानिस पहिचान गर्न सक्ने दाबी गरेको छ ।
जर्मनीका सशस्त्र सेनाका आठ कुकुरलाई एक हप्ता दिइएको तालिममा यो कुरा ९४ प्रतिशत सफल देखिएको पशु चिकित्सा विश्वविद्यालय हनोवरले नेतृत्व गरेको पायलट प्रोजेक्टले जनाएको छ । अन्वेषकहरूले कुकुरलाई एक हजार भन्दा बढी ससमान्यलगाएत संक्रमित मानिसको खकार सुँघ्न दिएका थिए जसमा कुकुरले ९४ प्रतिशत मानिसमा कोरोना रहेको वा नरहेको पत्ता लगाएको थियो ।
'हामी सोच्छौं कि यसले काम गर्छ किनकि बिरामीको शरीरमा चयापचय प्रक्रिया पूर्ण रूपमा परिवर्तन भएको छ, ' युनिभर्सिटीका प्राध्यापक मारेन भोन कोएक्रिट्झ ब्लिकवेडले यस परियोजनाको बारेमा युट्यूब भिडियोमा भने-' हामीलाई लाग्छ कुकुरहरूले विशिष्ट गन्ध पत्ता लगाउन सक्षम छन्।'
अनुसन्धानकर्ताका अनुसार कुकुरहरू मानव भ