Jandesh Nepal, Author at Education Patra | Page 98 of 173

Author: Jandesh Nepal

नेपोलीसँग बार्सिलोनाबारे सोच्ने समय छैन

नेपोलीसँग बार्सिलोनाबारे सोच्ने समय छैन

Uncategorized
एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा क्याटलान क्लब बार्सिलोना र नेपोलीबीच अगस्ट दोस्रो साता खेल हुँदैछ । तर नेपोलीका प्रशिक्षक जेनारो गाटुसोले हाल बार्सिलोनाबारे सोच्ने समय नभएको बताएका छन् । इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा नेपोली पार्मासँग २-१ ले पराजित हुन पुग्यो । लगातार ५ खेल अपराजित रहेको नेपोलीले च्याम्पियन्स लिगमा खेल्न बाँकी रहेपनि लिगको स्थानका आधारमा अर्को सिजन छनोट हुने सम्भावना भने सकिएको छ । अब नेपोलीले च्याम्पियन्स लिग उपाधि जितेमात्र अर्को वर्ष च्याम्पियन्स लिग खेल्नेछ । यद्यपि टोलीले लिग स्थानका आधारमा युरोपा लिगमा स्थान बनाउन भने कसरत जारी राखेको छ । लिगको तीन चरणको खेल बाँकी रहँदा नेपोलीले अधिकतम पाँचौ स्थानसम्म रहेर लिग समाप्त गर्न सक्छ । हाल नेपोली ३५ खेलमा ५६ अंकसहित सातौं स्थानमा रहेको छ । समान खेल खेलेको रोमा ६१ अंक
रियलले अर्को सिजन बेच्नैपर्ने ४ खेलाडी

रियलले अर्को सिजन बेच्नैपर्ने ४ खेलाडी

Uncategorized
एजेन्सी । स्पेनिस च्याम्पियन रियल म्याड्रिडले कोरोना भाइरस संक्रमणले सिर्जना गरेको प्रतिकुल अवस्थाका कारण झन्डै २ सय मिलियन युरो घाटा बेहोर्नुपर्यो । त्यसैले यस सिजन क्लबले आवश्यक नपरेका खेलाडी बेचेर भएपनि केहि रकम उठाउने योजना बनाएको छ । रियलले खेलाडी बेचेर ट्रान्सफर रकमसँगै ती खेलाडीको तलब दिनु नपर्दा केहि बचत समेत हुने सोचका साथ खेलाडी बेच्ने प्रक्रिया सुरु गर्नेछ । यस्तो अवस्थामा सम्झौताको अन्त्यतिर रहेका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको नाम अग्रपंक्तिमा छ । हामेसको सम्झौता अर्को सिजन समाप्त हुँदैछ । त्यसैले उनको मोटो तलब कम गर्न र उनलाई बेचेर भएपनि रियल केहि रकम आर्जन गर्न चाहन्छ । हामेसले हाल प्रति सिजन ८ मिलियन युरो कमाइरहेका छन् । कोरोनाको बिकराल परिस्थितिमा उनलाई अन्य क्लबले यसै किसिमको तलब दिने सम्भावना कम छ । त्यसैले पनि २९ वर्षीय मिडफिल्डरको अन्य क्लबमा ट्रान्
धापाखेलका सात घर जोखिममा

धापाखेलका सात घर जोखिममा

Uncategorized
सुभानु आचार्य,  ललितपुर। गत सोमबारदेखि आएको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका– २४ धापाखेलका सात घर जोखिममा परेका छन् । यीमध्ये पहिराले दुई घर भत्किएका महानगरपालिकाले जनाएको छ । गत मङ्गलबार सो स्थानको जानकारी लिन जाँदा तीनदेखि चार तलाका घरमा समेत क्षति भएका पाइएको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नं २३ धापाखेलको अर्काे टोल पानीले डुबाउँदा यहाँका स्थानीयवासीलाई समस्या परिरहेको छ ।” महानगरपालिकाका अन्य वडामा पहिराले क्षति पु¥याए तापनि मानिसमा भने हालसम्म कुनै असर गरिनसकेको सत्यालले जानकारी गराउनुभयो । जोखिममा परेका यी घरपरिवारलाई के गर्ने भन्ने विषयमा महानगरपालिकामा छलफल गरी त्यसैअनुसारको कदम अघि बढाइने सत्यालको भनाइ छ । महालक्ष्मी नगरपालिका– ८ शङ्खादेवीमा पहिरो गएर एकपरिवार बसेको टहरा भत्किएको, शान्त्ति निर्माण सेवाले तीन वर्षअघिदेखि काम था
वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा

वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा

Uncategorized
एजेनसी । वेस्ट ब्रोम अल्वियोन दुई वर्षपछि प्रिमियर लिगमा बढुवा भएको छ । इंग्ल्यान्डको दोस्रो डिभिजनको च्याम्पियनसिपको दोस्रो स्थानमा रहँदै वेस्ट ब्रोम दुई वर्षपछि प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो । वेस्ट ब्रोम २०१८–१९ को सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । च्याम्पियनसिपको अन्तिम खेलमा बुधबार राति क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) सँग २–२ गोलको बराबरी खेलेपछि वेस्ट ब्रोम सिधै प्रिमियर लिगमा बढुवा भएको हो । लिड्स युनाइटेड च्याम्पियनसिको च्याम्पियन हुदै यसअघि नै शीर्ष डिभिजनमा फर्किएको छ । लिड्सले यस सिजन ९३ अंक जोड्यो । दोस्रो स्थानको वेष्ट ब्रोमले ८३ अंक जोड्यो । यस्तै प्रिमियर लिगमा बढुवाका लागि स्वान्सी सिटी, फुलहम, ब्रेन्फोर्ड र कार्डिफ सिटीले प्ले अफ खेल खेल्ने छन् । विगान एथ्लेटिक्स, चार्ल्टन एथ्लेटिक र हल सिटी भने तेस्रो डिभिजनमा घटुवा भएका छन् । प्र
इन्टर मिलान रोकियो

इन्टर मिलान रोकियो

Uncategorized
एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको छ । फियोरेन्टिनासँग बराबरीमा रोकिएसँगै इन्टरले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाएको छ । घरेलु मैदानमा इन्टरले फियोरेन्टिनालाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । पाँचौ मिनेटमा इन्टर मिलानका क्रिस्टियन इरिक्सनको फ्रिकिकलाई मार्टिन कासर्सलाई आत्मघाती गोल हुन लागेपनि गोलरक्षक पिएट्रो टेरासियानोले बचाए । रिवाउन्डमा रोमेलु लुकाकुको प्रहारलाई पनि गोलरक्षक पिएट्रोले विफल पारे । १०औं मिनेटमा एन्टेनियो क्यानड्रेभाको क्रसमा निकोलो वारेल्लाको प्रहारमा गोलरक्षक पिएट्रो नै बाधक बन्दा इन्टर अग्रता लिनबाट चुक्यो । १८औं मिनेटमा रोमेलु लुकाकुको प्रहार पोस्टमा लाग्दै बाहिरिदा इन्टरले अग्रता लिने अवसर गुमायो । ५२औं मिनेटमा लुकाकुको अर्काे प्रहार पनि पोस्टमा लाग्दै बाहिरि
रोमाको आधादर्जन गोल

रोमाको आधादर्जन गोल

Uncategorized
एजेन्सी । इटालियन सिरी ‘ए’ मा रोमाले एस्पालमाथि फराकिलो जित निकालेको छ । रोमाले घरेलु टोली एस्पालमाथि ६–१ को फराकिलो जित निकालेको हो । रोमाको जितमा ब्रुनो पेरेसले दुई तथा निकोला कालिनिक, कार्लेस पेरेस, एलेक्सन्डर कोलारोभ र निकोलो जानिओलोले समान एक गोल गरे । घरेलु टोलीका अल्ब्रेटो सेरीले एक गोल फर्काए । खेलको १०औं मिनेटमा निकोला कालिनिकको गोलबाट रोमाले खेलमा अग्रता बनाएको थियो । २४औं मिनेटमा अल्ब्रेटोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा कार्लेस पेरेसले गोल गरेपछि रोमाले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको थियो । ४७औं मिनेटमा कोलारोभले गोल गर्दै रोमालाई ३–१ ले अघि बढाए । ५२औं मिनेटमा ब्रुनो पेरेसले गोल गर्दै रोमालाई फराकिलो जिततर्फ अघि बढाए । ७५औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै रोमाले खेलमा ५–१ को फराकिलो अग्रता बनायो । ८६औं मिनेटमा घर