चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा
जनादेश चितवन ।
नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ ।
नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् । यस अघिका एक हजारको नोटमा एउटा हात्तीको चित्र अङ्कित थियो भने अहिलेको नोटमा दुई हात्ती रहेका छन् । ती हात्ती अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन् ।
यस अघिको नोटमा अफ्रिकन हात्ती रहेको थियो । अहिलेका राम–लक्ष्मण चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र सौराहामा जन्मिएका हुन । केन्द्रका निमित्त प्रमुख जलेन्द्र चौधरीका अनुसार देवीकलीले जुम्ल्याहा जोडी जन्माएको थियो ।
आमा देवीकली हुन् भने यिनीहरुका बाबु रोमियो नामको जङ्गली हात्ती हो । रोमियोले समय समयमा मानव बस्तीमा गएर वितन्डा पनि मच्चाउने गर्दछ । विगत लामो समयदेखि प्रजनन् केन्