Blog | Page 5 of 235 | Education Patra

Blog

साइबर अपराध न्यूनीकरण

साइबर अपराध न्यूनीकरण

Thought/Blog
आजको डिजिटल युगमा धेरै देश जस्तै नेपाल पनि प्रविधि र कनेक्टिभिटीमा द्रुत रूपमा अघि बढिरहेको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अतुलनीय विकास, विस्तारले मानव दैनिक जीवनमा धेरै फाइदा पुर्‍याउनुका साथै तिनीहरूले साइबर अपराधको बढ्दो खतरालाई पनि जन्म दिएका छन् । प्रविधिको प्रयोग गरेर साइबर अपराधीहरूले सूचना प्रविधिका उपरकरण (मोबाइल, कम्प्युटर, डाटा सर्भर आदि) र स्वदेशी र अन्तर्राष्ट्रिय, व्यक्तिहरू, व्यवसायहरू र सरकारी संस्थालाई लक्षित गर्दै साइबर हमला गर्नुका साथै विभिन्न महत्वपूर्ण सामाजिक, आर्थिक र सुरक्षा चुनौतीहरू थपेका छन् । सामाजिक प्रभाव साइबर अपराधले नेपाली समाजलाई बहुआयामिक प्रभाव पारेको छ । अहिले विश्वका सबै देशका नागरिक, सरकार र संस्थाहरू अनलाइन ठगीको सिकार भएका छन् । क्रेडिट कार्ड क्लोनिङ, एटिएम कार्ड फ्रड गरेर आफन्त र अन्य चिनजानकालाई फकाइफुलाई पिनकोड ल
र्‍यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ बारे छलफल

र्‍यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ बारे छलफल

Main News, Special News Highlights
एजुकेशनपत्र, पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने ? किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ । सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएकामा यस पटक आफ्नै उद्देश्यसँग मिल्दो शीर्षकमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका वक्ता साहित्यकार सरुभक्तले जे पढे पनि पढ्नु नै महत्त्वपूर्ण रहेको भनाइ राखे । ‘धेरै पढ्नु महत्त्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्न सक्नु महत्त्वपूर्ण कुरा हो ।’ सरुभक्तले भने, ‘पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ । किताब छानेर पढ्नेहरूले किताबभन्दा पहिले चेतन-अचेतनमा आग्रह छानिसकेका हुन्छन् ।’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका सरुभक्तले भने, ‘धनी बन्न चाहने, साहित्यकार बन्न चाहने, दार्शनिक बन्न चाहने, वैज्ञानिक बन्न चाहने, व्यवसायी बन्न चा
साइबर सचेतना अभियान कक्षा ११ र १२ का विद्यार्थीमा केन्द्रित गर्नु पर्छः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

साइबर सचेतना अभियान कक्षा ११ र १२ का विद्यार्थीमा केन्द्रित गर्नु पर्छः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

ICT News, Main News, Special News Highlights
एजुकेशनपत्र, प्युठान  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरले प्यूठानमा आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतना सम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले पनि यो सरकारको प्राथमिकतामा राखिएको बताउनुभएको हो । उहाँले साइबर स्पेसलाई सुरक्षित बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै नीतिकै आधारमा साइबर सुरक्षा ऐनको बिधेयक मस्यौदा गर्न सुरु गरिएको जानकारी दिनुभयो । सूचना प्रविधिको क्षेत्र क्षण(क्षणमा परिवर्तन भए पनि यसलाई व्यवस्थापन गर्ने कानुन नभएकाले सरकारले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणलाई प्राथमिकतामा राखेको उ
प्युठानमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुने

प्युठानमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुने

Main News, Special News Highlights
एजुेकशनपत्र, काठमाण्डौं । सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौं, राप्ती इन्जिनियिरिङ कलेज दाङ र प्युठान टेक्निकल कलेज प्रालिको आयोजनामा असोज २६ गते साइवर अपराध, साइवर सुरक्षा, सामाजिक प्रभाव, नीति र नागरिक जागरणका विषयमा एक दिवसीय राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । यो सम्मेलनमा साइबर सुरक्षा, साइबर सुरक्षासम्बन्धी समस्याको समाधान, साइबर अपराधले समाजमा पारेको प्रभाव, साइबर नीति र कानुनका साथै सामाजिक जागरणका आदिमा छलफल हुने भएको छ । यो सम्मेलनले स्थनीय तहको साइबर सुरक्षाको तयारी तथा सामाजिक जागरणका बारेमा रणनीति पनि तय गरिने भएको जानकारी कार्यक्रमका संयोजक डा. शैलेन्द्र गिरीले दिनुभयो । सम्मेलनमा साइबर सुरक्षा, साइबर अपराधको सामाजिक प्रभाव, नेपालमा साइबर नीति र कानुन, डिजिटल सामाजिक जागरण र स्थानीय तहमा डिजिटलाईजेसनका बारेमा विषय विज्ञहरूबाट छुटाछुट्टै पाँचवटा कार्यपत्
ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस हुन्छ : शिक्षामन्त्री राई

ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस हुन्छ : शिक्षामन्त्री राई

Main News
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्नुहुँदै उहाँले ख्वप विश्वविद्यालय विधेयक–२०७३ संसद् अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः सुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेस गर्ने जानकारी दिनुभयो । बैठकमा सांसद प्रेम सुवालले सो विधेयक कहिले संसदमा पेस हुन्छ ? भनी मन्त्री राईलाई प्रश्न गर्नुभएको थियो । मन्त्री राईले सो विधेयकको मस्यौदा तयार गर्नका लागि सरकारले कार्यदल नै गठन गरेको र त्यसले आफ्नो काम गरिरहेको समेत बताउनुभयो । ‘‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ को कार्यान्वयनसँगै आधारभूत शिक्षा निःशुल्क र अनिवार्य भइसकेको छ । माध्यमिक तहसम्मको शिक्षा पनि कानुनतः निःशुल्क नै छ ।
विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता दिने

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता दिने

From Today's Newspaper, Main News
काठमाडौं । नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली विकास बैंक, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, शिक्षाका लागि वैश्विक साझेदारी, नर्वे सरकार, युनिसेफ, युएसएआइडी र विश्व बैंकले आगामी पाँच वर्षमा उक्त बजेट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । नेपाल सरकारसँग गरिने संयुक्त वित्तीय सम्झौतालाई आज अन्तिम दिन आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा तयार गरिएको उक्त योजनाले नेपालका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समावेशी पहुँच सुनिश्चित गर्ने र नेपालको दीर्घकालीन लक्ष्यलाई सहयोग गर्ने उद्देश्य लिएको छ । सरकारले वृहत् शिक्षा क्षेत्रको विश्लेषण र कार्यान्वयनकर्ता, सरोकारवाला र लाभग्र
उपत्यकामा आँखा पाक्ने रोगको संक्रमण : आँखा पाकेका शिक्षक-विद्यार्थीलाई बिदा, विद्यालय सञ्चालनमा

उपत्यकामा आँखा पाक्ने रोगको संक्रमण : आँखा पाकेका शिक्षक-विद्यार्थीलाई बिदा, विद्यालय सञ्चालनमा

From Today's Newspaper, Main News, School Education
काठमाडौं । आँखा पाक्ने रोग (आईफ्ल्यु) को संक्रमण बढ्दै गएपछि केही दिनयता उपत्यकाका विद्यालय धमाधम बन्द हुन थालेका छन् । केही विद्यालयले केही दिनका लागि बन्द गरेका छन् । अधिकांश विद्यालयका विद्यार्थीलाई आँखा पाक्ने रोगको संक्रमणले छोएको छ । ती विद्यालयले संक्रमण भएका विद्यार्थीलाई घरमै बस्न सल्लाह दिएको छ । अधिकांश विद्यालयमा केही न केही मात्रामा संक्रमण देखिएको छ । विद्यार्थीमा संक्रमण बढेपछि अभिभावकसँग सल्लाह गरी घर फर्काउने गरेको विद्यालयको भनाइ छ । प्याब्सनका अध्यक्ष डीके ढुंगानाले केही विद्यालयमा संक्रमण देखिएको बताउनुभयो । ‘संक्रमण देखिएका विद्यार्थीलाई छुट्टी दिएर नियमित कक्षा सञ्चालन गरिरहेका छांै, आवश्यकताको आधारमा बन्द गर्ने वा नगर्ने अधिकार विद्यालयकै हुन्छ’ –उहाँको भनाइ थियो । संक्रमण बढेपछि ललितपुरको अरनिको स्कुल बन्द गरिएको छ भने अन्य केही विद्यालयले बन्द गर्ने सोचाइमा
सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी

Employment, Main News
डडेलधुरा । सुदूरपश्चिम विश्वविद्यालयले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तरगत डडेलधुरा मेडिकल कलेजका लागि पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरेको हो । जसअनुसार सहप्राध्यापकसहित विभिन्न विषयका लागि उपप्राध्यापकको माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ १५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।
विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र

Main News
हेटौँडा। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले प्रतिनिधि सभामा पेस हुन बाँकी रहेकाे विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित ध्यानाकर्षणपत्र बुझाएको हो । मन्त्री मोक्तानले ध्यानाकर्षणपत्र बुझ्दै सम्बन्धित निकायमा पत्र पठाउने र प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो । सङ्घीय शिक्षा ऐन जारी गर्न प्रदेश सरकारका तर्फबाट पनि आवश्यक पहल गर्न माग गर्दै महासङ्घ नेपालले बागमती प्रदेश सरकारसमक्ष ध्यानाकर्षण गराएको थियो । सरोकारवालासँग छलफल र परामर्शबिनै विधेयकको मस्यौदा तयार पारिएको भन्दै महासङ्घले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विधेयकको मस्यौदामा विद्यालय व्यवस्थापन समितिसम्बन्धी व्यवस्था त्रुटिपूर्ण रहेको, विद्यालय सञ्चालन र व
भारतले सूर्यको अध्ययन गर्न‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

भारतले सूर्यको अध्ययन गर्न‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

Main News, Research and Innovation, Science and Technology
नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ। सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ। उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सातवटा उपकरण बोक्नेछ। पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा रहेको सूर्य र पृथ्वीको ‘लाग्रान्ज प्वाइन्ट–१ (एल१)’ को चारैतिर ‘हलो कक्ष’मा पुग्न अन्तरिक्ष यानले पृथ्वीको करिब १०९ दिन लाग्नेछ। यसअघि नै अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगिसकेको छ। चन्द्रयानलाई अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गराउने भारतीय वैज्ञानिकहरूको तयारी छ। भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित