Banner News Archives | Page 11 of 28 | Education Patra

Banner News

निजी  स्कुलहरूमा विद्यालय व्यवस्थापन समिति गठन गर्न उपमहानगरपालिकाको  निर्देशन

निजी स्कुलहरूमा विद्यालय व्यवस्थापन समिति गठन गर्न उपमहानगरपालिकाको  निर्देशन

Banner News, Main News, Special News Highlights
बारा । निजी लगानीमा खुलेका संस्थागत विद्यालयहरूमा पनि अनिवार्य विद्यालय व्यवस्थापन समिति गठन गर्न जितपुरसीमरा उपमहानगरपालिकाले  निर्देशन दिएको छ । नगर शिक्षा ऐन २०७५ को परिच्छेद ५, दफा १९ को उपदफा ६ बमोजिम  फागुन १० गतेभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो । उपमहानगरले २०७५ सालमा नै जारी गरेको नगर शिक्षा ऐन विगतमा पुराना जनप्रतिनिधिहरूले कार्यान्वयन नगरेपछि नगरप्रमुख राजन पौडेलले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन लागेका हुन् । संस्थागत विद्यालय  सञ्चालन, व्यवस्थापन र रेखदेख गर्नको लागि प्रत्येक विद्यालयमा व्यवस्थापन समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ । माघ १० गते उपमहानगरले २४ वटै वडाका रहेका निजी विद्यालयहरूलाई पत्र पठाएर फागुन १० गतेभित्र कार्यान्वयन गर्ने गरी व्यवस्थापन समिति गठन गर्न नि
सरकारको नीति-नियमको धज्जी उडाउँदै विदेशी शैक्षिक मेला संचालन

सरकारको नीति-नियमको धज्जी उडाउँदै विदेशी शैक्षिक मेला संचालन

Banner News, From Today's Newspaper, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति बेगर कुनै पनि शैक्षिक मेला आयोजना गर्न नपाइने सूचना जारी गरिएको भए पनि एक भारतीय शैक्षिक परामर्श संस्थाले वीरगंज र काठमाडौँमा मेला आयोजना गर्ने भएको छ। शिक्षा मन्त्रालयले यस अघि शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ को हवाला दिँदै यस्ता प्रदर्शनी गर्नुपर्ने भए मन्त्रालयसँग स्वीकृति लिई आयोजना गर्नुपर्ने सूचना केही समय अघि जारी गरेको थियो। यही निर्देशिकामा विदेशी शैक्षिक संस्थाले शैक्षिक मेला नेपालमा आयोजना गर्नुपरेमा शिक्षा मन्त्रालयको स्वीकृतिसाथै नेपालका स्थानीय शैक्षिक परामर्श दातृ निकायसँग समन्वय गरी मात्र मेला संचालन गर्ने व्यवस्था समेत गरेको छ। सो सूचनाको धज्जीया उडाउँदै गाजियाबाद उत्तर प्रदेश भारतले नेपालमा शैक्षिक मेलाको आयोजना गर्ने भन्दै नेपालको एक राष्ट्रि
क्याम्पस प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ

क्याम्पस प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी पक्राउ परेका छन् ।क्याम्पस प्रमुख बरालको राजीनामा पत्र आफैँले तयार पारी जबरजस्ती हस्ताक्षर गर्न लगाएर ट्याक्सीमा हाली कीर्तिपुरतर्फ लैजाँदै गर्दा जोशी पक्राउ परेका हुन् । उक्त क्याम्पसमा ‘पासआउट’ भइसकेका जोशी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य समेत हुन । उनलाई प्रहरीको कालीमाटी वृत्तले पक्राउ गरी सोह्रखुट्टै वृत्तलाई अनुसन्धानका लागि हस्तान्तरण गरेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले राजीनामा दिन धम्क्याएर बन्धक बनाउन कोसिस गरेको भन्ने क्याम्पस प्रमुखको उजुरीपछि आफूहरूले अनुसन्धान थालेको बताए ।
शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुनु हुदैन: अध्यक्ष नारायणमान बिजुक्छे

शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुनु हुदैन: अध्यक्ष नारायणमान बिजुक्छे

Banner News, Higher Education News, Main News, Top Feature News
एजुकेशनपत्र, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुन नहुनेमा जोड दिएका छन्। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिकोत्सवका अवसरमा उनले शैक्षिक संस्थाहरूमा यस्ता खालका घटनाहरू हुन नहुनेमा जोड दिएका हुन्। प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए। साथै उनले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्न आवश्यक भएको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवनको उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवनको उद्घाटन

Banner News, Main News, School Education, Special News Highlights
चौतारा, माघ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज (शुक्रबार) उद्घाटन गर्नुभएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गर्नुभएको थियो  । सो समारोहमा  पूर्वसभामुख अग्निप्रसाद सापकोटा,सांसदद्वय माधव सापकोटा र  मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायतको सहभागिता थियो । नवनिर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन् । एकै विद्यालयमा छ आधुनिक भवन निर्माण गरिएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणमा एक अर्बभन्दा बढी रकम लगानी भएको छ ।
राप्ती इञ्जिनियरीङ कलेजमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

राप्ती इञ्जिनियरीङ कलेजमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Banner News, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, दाङ । राप्ती इन्जिनियरीङ कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कलेजमा विई सिभिल दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले विइ सिभिल प्रथम सेमेष्टर (१२ औँ ब्याच) मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो । स्वागत तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उप—प्रमुख हुमा डि. सीले मुलुकमा प्राविधिक शिक्षाको विकासमा कलेजको अहम भुमिका रहेको बताउनुभएको छ । प्रमुख अतिथि डिसीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाई सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजि क्षेत्रलाई आग्रह गर्नुभएको थियो । विद्यार्थीहरुले गरेको व्यवस्थापन र कलेजको व्यवस्थापनको प्रसाश गर्दै कलेजले स्थानिय, प्रदेश र समग्र राष्ट्रको प्राविध
जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली

जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली

Banner News, Main News, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ। उहाँले हाम्रो शिक्षा ‘प्रमाणपत्र’का लागि मात्र भएकाले अबको शिक्षा पद्धतिमा आमूल परिवर्तन र व्यवहारिक बनाउन जरुरी रहेको भन्दै यस्तो बताउनुभएको हो। शुक्रबार झापाको दमक बहुप्राविधिक शिक्षालयको शैक्षिक भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले ७० प्रतिशत प्राविधिक शिक्षा र बाँकी ३० प्रतिशत अन्य शिक्षा बनाउनुपर्ने कुार आफूले बारम्बार बताउँदै आएको उल्लेख गर्नुभयो। उहाँले जीवन उपयोगी शिक्षामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ। ‘‘दैनिक जीवनसँग, पेशासँग, कामसँग र उत्पादनसँग नजोडिएको ज्ञानमात्र हुन्छ। त्यसैले त्यसको अर्थ छैन’’, ओलीले भन्नुभयो। सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञानको आ
शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताएको हो । प्रधानमन्त्रीले भने, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।” विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उनले स्मरण गरे । चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उनको भनाइ छ । नेपाली जनताको समृद्धि र सुशासनको
पुनर्योगपछि पास भएकाहरू अन्तरवार्ताका लागि छनोट

पुनर्योगपछि पास भएकाहरू अन्तरवार्ताका लागि छनोट

Banner News, Employment, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । लिखित परीक्षामा फेल भएका परीक्षार्थी पुनर्योगपछि पास भएका छन् । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा अनुत्तीर्ण भएका तीन जना उम्मेदवार पुनर्योगपछि पास भएका हुन् । आयोगले पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशन गरेको लिखित परीक्षाको नतिजामा तीन जना उम्मेदवार फेल भएका थिए । त्यसपछि उनीहरूले पुनर्योगका लागि निवेदन दिएका थिए । पुनर्योगपछि उनीहरू अन्तर्वार्ताका लागि छनौटमा परेका हुन् । त्यसरी पुनर्योगका लागि निवेदन दिनेमा महोत्तरीका सन्तोष कुमार बमजन, रामेछापका हरिओम सुनुवार र सिन्धुलीका ज्ञानेन्द्रकुमार न्यौपाने अन्तर्वार्ताका लागि छनौटमा परेका हुन् । लिखित (विषयगत) परीक्षाको नतिजा चित्त नबुझी पुनर्योगका लागि खोटाङ, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली, रसुवा, रुपन्देही, सल्यान, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, डडेल
घरको कामधन्दामा बरालिदा विद्यार्थीको पढाईमा बाधा

घरको कामधन्दामा बरालिदा विद्यार्थीको पढाईमा बाधा

Banner News, Main News
विराटनगर ।  विराटनगर महानगर–पालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन्। बालबालिकाबीचको विभेद, बालश्रम, बालविवाहजस्ता घटना दोहोरिने गरेको छ। अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगर क्षेत्रभित्र यथावत् नै छ। विराटनगर–७ मा आदर्श बालिका विद्यालय छ। बालिकामात्र अध्ययन गर्ने आदर्श विराटनगरको एक मात्र विद्यालय हो। विद्यालयमा ३२५ बालिका अध्ययनरत छन्। कक्षा १ देखि कक्षा १० सम्म नेपाली माध्यममा यहाँ पढाइ हुन्छ। विद्यालयमा मुख्य गरी मधेसी, मुस्लिम, पिछडा र सीमान्तकृत समुदायका बालिका पढ्छन्। सरदर दैनिक २० देखि २५ बालिका कक्षामा हाजिर हुँदैनन्। घरको कामले नभ्याएर पनि कतिपय बालिका विद्यालय आउनबाट वञ्चित हुने गरेको आदर्शका प्रधानाध्यापक रमेश नेपालले बताउनुभयो। उहाँले आदर्शमा अध्ययन गर्ने अधिकांश बालिकाका अभिभावक श्रमिक रहेको बताउनुभयो। सब