Banner News Archives | Page 20 of 28 | Education Patra

Banner News

बुधबारको प्रदर्शनपछि प्रचण्ड–माधव समूहले स्वेतपत्र जारी गर्ने

बुधबारको प्रदर्शनपछि प्रचण्ड–माधव समूहले स्वेतपत्र जारी गर्ने

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले बुधबारको प्रदर्शनपछि स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । संसद् विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले संयुक्त आन्दोलनका लागि स्वेतपत्र जारी गर्ने तयारी गरेको हो । ‘भोलिको जनप्रदर्शनपछि स्वेतपत्र जारी गर्ने गरी नागरिक अगुवाहरुसँग छलफल गर्दैछौं’, विष्णु रिजालले भने । उनका अनुसार, स्वेतपत्रमा उल्लेख गर्नुपर्ने विषयहरु नागरिक अगुवाहरुकै सुझावमा तयार पारिने भएको छ ।
हिमपहिरोका कारण भारतमा २६ को मृत्यु, १८० अझै बेपत्ता

हिमपहिरोका कारण भारतमा २६ को मृत्यु, १८० अझै बेपत्ता

Banner News, International, Main News
नयाँ दिल्ली ।भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीहरुले बेपत्ता भएका व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् । मृतक तथा बेपत्ता भएकाहरु भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीहरुको भनाई छ । दुई ओटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनम
भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर : नेकपा क्रान्तिकारी माओवादी

भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर : नेकपा क्रान्तिकारी माओवादी

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । नेकपा क्रान्तिकारी माओवादीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । मंगलबार प्रवक्ता प्रतीकले विज्ञप्ति निकालेर बारसम्बार यस्ता घटना बढ्दै जानुले सरकार संवेदनहीन बन्दै गएको पुष्टि हुने बताएको छ । ‘यस घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ’ क्रान्तिकारी माओवादीले भनेको छ ।
संविधान रक्षार्थ शहिद बेपत्ता परिवार सडकमा (फोटोचिफर)

संविधान रक्षार्थ शहिद बेपत्ता परिवार सडकमा (फोटोचिफर)

Banner News, Main News, Photo News
काठमाडौं, २६ माघ । शहिद बेपत्ता योद्धा परिवार, बाग्मती प्रदेशले आज प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा धर्ना दिएको छ । उनीहरुले ‘शहिदहरुको रगतले लेखिएको संविधानको रक्षार्थ सम्पूर्ण शहिद तथा बेपत्ता योद्धा परिवारहरू एकजुट होऔं । प्रतिगामी कदमको भण्डाफोर गरौं’ लेखिएको ब्यानरसहित आज काठमाडौंको माईतीघरमा धर्ना दिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे  
नेप्से परिसूचक हालसम्मकै उच्च, बैंकमा ‘सिफ्ट’ हुँदै लगानीकर्ता

नेप्से परिसूचक हालसम्मकै उच्च, बैंकमा ‘सिफ्ट’ हुँदै लगानीकर्ता

Banner News, Main News
जनादेश नेपाल, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा उल्लास छाएको छ । आइतबार ४६ अंकले बढेको सेयर बजार सोमबार ३७ अंक भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ४८ अंकलेब ढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंक्मा पुगेको छ । यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो । आइतबारमात्रै नयाँ किर्तिमान कायम भएकोमा त्यसलाई तोड्दै पुनः नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ । दिनभर भएका ८७ हजार ७ सय ९३ कारोबारबाट २०५ कम्पनीका १ करोड ९१ लाख ६८ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ११ करोड १० लाख ९५ हजार ९ सय ४८ रुपैयाँ पुगेको छ । सोमबारको कारोबार हेर्दा लगानीकर्ताहरु अब बैंकतिर आकर्षित भएको देखिन्छ । लघुवित्तका लगानीकर्ताहरुले धेरै कमाउदा बैंकतर्फ पनि राम्रै सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै
उद्योग वाणिज्य महासंघमा स्थल यातायात तथा पारवहन समिति विस्तार

उद्योग वाणिज्य महासंघमा स्थल यातायात तथा पारवहन समिति विस्तार

Banner News, Main News
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीकोे सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ । समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टच र राजेश कुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एशोसिएशनका द्वितिय उपाध्यक्ष नरेशकुमार अग्रवाल चयन भएका छन् । त्यसैगरी समितिका सद्र्रस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएनका अध्यक्ष रितेश लामिछाने, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वाडर्स एसोसिएनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी चयन भएका छन् । समितिका आमन्त्रितहरुमा भने, महासंघको कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, मेची उद्योग वाणिज्य संघका दिपेन्द्रराज पाण्
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

Banner News, Main News
काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “सेवाग्राहीले अनुकूल समयमा फारम भर्न सक्नुहुन्छ ।” कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत प