Banner News Archives | Page 23 of 28 | Education Patra

Banner News

भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सवैभन्दा धेरै

भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सवैभन्दा धेरै

Banner News, International, Main News
जनादेश नेपाल, काठमाण्डौ । भारतमा बर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् । अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छिन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ । अधिकारीहरुका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो । अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गरेकी छिन् । भारतको यस बर्षको बजेट ४.७८ करोडको रहेको छ । “अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ बर्षपछिकै सवैभन्दा धेरै हो,” रक्षामन्त्री सिंहले भने ।-रासस
निर्वाचन आयोगद्वारा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल

निर्वाचन आयोगद्वारा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएकोले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताए । राजनीतिक निकाश हुनसाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार रहेको आयोगले जनाएको उनको भनाइ छ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण रुपमा नहुने भन्दै उनले विभाजित मनस्थितिमा र