प्रधानमन्त्रीको प्रतिगमनकारी कदमले देशको विकास १० वर्ष पछि धकेलियो : मुख्यमन्त्री शाही
जनादेश नेपाल, वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताले स्थिर राजनीतिका लागि आफूहरुलाई चुनेको भन्दै बाँकी रहेको दुई वर्ष चुनावमाभन्दा विकासतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक र प्रतिगमनकारी भन्दै यो निर्णयले देशको विकास १० वर्ष पछाडि धकेलिएको उनले बताए । ‘मध्यावधि चुनावले सबै कुरा समाधान हुँदैन,’ मुख्यमन्त्री कार्यालयले मंगलबार गरेको पत्रकार भेटघाटमा बोल्दै शाहीले भने, ‘जनताले पनि यसलाई स्वीकार गर्दैनन्, चुनावमा जानुभन्दा देशको आर्थिक उन्नतितर्फ केन्द्रित हुनुपर्छ ।’
उनले नेकपाको गठबन्धन फुटे पनि जनताले स्वाभाविक रुपमा लिने भन्दै राजनीतिमा आएको भूकम्पले जनतामा निराशा छाएको बताए । ‘इतिहास हेर्ने हो भने पार्टी फुट्दै र जुट्दै आएकै हुन्,’ उनले भने, ‘तर अहिले नेकपाका कार्यक्रम छुट्टाछुट्टै भए पनि वैधानिक