कर्णालीका मुख्यमन्त्री–मन्त्रीबीच कार्यसम्पादन करार सम्झौता
कर्णाली,
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन तथा मूल्याङ्कन करार सम्झौता गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेशका छवटै मन्त्रालयका मन्त्रीसँग कार्ययोजनासहित करार सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति समीक्षा गर्दै योजना कार्यान्वयन तथा बजेट खर्चको वृद्धि गर्नका लागि कार्य सम्झौता तथा मूल्याङ्कन करार सम्झौता गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
चालू आवको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीले विभागीय मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेसँगै सम्बन्धित मन्त्रीले एक साताभित्र सचिवसँग तथा सचिवले १५ दिनभित्र मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार सम्झौता गर्नुपर्नेछ ।
चालू आवको बजेट कार्यान्वयन र सरकार