Entertainment
सार्वजनिक शिक्षामा गुणस्तरको प्रश्न
गुणस्तरीय शिक्षाको गुणस्तर सार्वजनिक वृत्तमा ठूलो बहसको विषय बन्दै आएको छ। यो विषयले नीति, निर्माता, राजनीतिज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी र आमजनमानसमा ठूलो चिन्ता बढाएको छ। लोकतान्त्रिक मुलुकमा सार्वजनिक शिक्षा पहिलो प्राथमिकतामा पर्नु पर्छ तर त्यसो हुन सकेको छैन। शिक्षाको सुधारका नाममा प्रयोग भइरहने गुणस्तरीय शिक्षाको कहिल्यै सम्मान हुन सकेन। सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिबाट मात्रै चेतनाको स्तर बढ्नेछ र लोकतन्त्र पनि सुदृढ हुनेछ।
अहिले हाम्रो सार्वजनिक शिक्षाबारे प्रश्न उठ्न थालेको छ। विवेकशील नागरिक उत्पादन गर्ने विषयमै प्रश्न उठ्नु विडम्बना हो। शिक्षाका सबालमा राज्य संवेदनशील हुन नसकेको यसबाट पुष्टि हुन्छ। शिक्षाका निम्ति छुट्याइने बजेटदेखि अन्य नीतिनिर्माणमा नेतृत्वकर्ता शिक्षा मन्त्रालय चुकिरहेको छ। शिक्षा एउटा अमूर्त चिन्तन हो। यसैले गुणस्तरीय शिक्षालाई सरकारी स्तरका नी