४ महिनामा नतिजा, ५ सय मार्कसिटमा त्रुटि
आरआर क्याम्पसका विद्यार्थीको नतिजामा ‘अनुपस्थित’ र अंक थपघट
विषय शिक्षकले पठाएको अंकको सूची सार्वजनिक गर्न विद्यार्थीको माग
परीक्षा नियन्त्रक भन्छन्, ‘विद्यार्थी मर्कामा पर्नु हुँदैन, त्यस्तो रहेछ भने सुधार हुन्छ’
सुदीप कैनी, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १४ महिना लगाएर सार्वजनिक गरेको स्नातक तह पहिलो वर्षको नतिजामा त्रुटि आएपछि रत्नराज्यलक्ष्मी क्याम्पसका ५ सयभन्दा बढी विद्यार्थी आन्दोलित छन् । २०७८ फागुनमा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका आरआरका अधिकांश विद्यार्थीको मार्कसिटमा ‘अनुपस्थित’ जनाइएको छ ।
१०० पूर्णांकको अंग्रेजी विषयमा ७० अङ्कको बाह्य र ३० अङ्कको आन्तरिक परीक्षा सञ्चालन भएको थियो । बाह्यतर्फको परीक्षा त्रिविले सञ्चालन गर्छ भने आन्तरिकतर्फ कक्षा उपस्थिति, कक्षा कार्यलगायत शीर्षकमा विषय शिक्षकले अंक दिने व्यवस्था छ । ‘म हरेक दि