From Today's Newspaper Archives | Page 6 of 9 | Education Patra

From Today’s Newspaper

विदेश अध्ययनमा ७ महिनामै बाहिरियो ४४ अर्ब

विदेश अध्ययनमा ७ महिनामै बाहिरियो ४४ अर्ब

Banner News, From Today's Newspaper, Main News, Special News Highlights
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) मा वैदेशिक अध्ययनकै लागि नेपालबाट ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त शीर्षकमा बाहिरिएको रकम ९३.६ प्रतिशतले बढी हो गत आर्थिक वर्षको माघसम्म विदेशमा अध्ययनका लागि २२ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिएको रकम कोभिड संक्रमणअघिको वर्षभरिमा सोही शीर्षकमा बाहिरिएको भन्दा बढी हो । आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको थियो । खासगरी विश्वबजारमै कोभिडको असर कम भएपछि नेपालबाट विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । कोभिड संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपा
विश्वविद्यालयका कक्षाकोठामा ‘लोकतन्त्र’

विश्वविद्यालयका कक्षाकोठामा ‘लोकतन्त्र’

From Today's Newspaper, Thought/Blog
निष्णु थिङ हाम्रा विश्वविद्यालयमा कार्यरत शिक्षकमा प्राज्ञिक इमानदारीको चरम अभाव छ, त्यसैले त्यहाँका कक्षाकोठामा लोकतन्त्रको प्रत्याभूति हुन सकेको छैन विश्वविद्यालय दुनियाँभर अहिलेसम्म उपलब्ध सबै ज्ञान मिमांशाको संश्लेषण गर्ने थलो हो । मानवजातिले हासिल गरेका सबै ज्ञानविज्ञानबारे बौद्धिक विश्लेषण र थप नयाँ ज्ञानको खोजीका लागि विश्वविद्यालयले काम गरिरहेको हुन्छ । सबैखाले ज्ञानको केन्द्र नै अचेल विश्वविद्यालय हुने गरेको छ । त्यस्तो ज्ञानको केन्द्रमा लोकतन्त्रको अवस्थाचाहिँ कस्तो छ ? विशेषगरी, नेपालको सन्दर्भमा यसको विवेचना गर्न आवश्यक छ । भर्खरै आमनिर्वाचन सम्पन्न भयो, पाँच वर्षमा एकपटक मत दिनु मात्र लोकतन्त्र होइन । लोकतन्त्रलाई पाँच वर्षमा एकपटक गरिने मत लगानीको घेरामा सीमित गरिनु हुँदैन । लोकतन्त्र त फराकिलो र व्यापक छ । यसै सेरोफेरोमा नेपालका विश्वविद्यालयमा लोकतन्त्रको स्थितिबारे वि