From Today's Newspaper Archives | Page 8 of 9 | Education Patra

From Today’s Newspaper

पढ्नका लागि विदेश जान ५ महिनामा साढे ३८ हजारले लिए एनओसी

पढ्नका लागि विदेश जान ५ महिनामा साढे ३८ हजारले लिए एनओसी

From Today's Newspaper, Higher Education News, Main News, Top Feature News
काठामाडौं । पछिल्लो पाँच महिनामा ३८ हजार बढीले वैदेशिक अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार साउन १ गतेदेखि मंसिर मसान्तसम्म ३८ हजार ६१ जनाले एनओसी लिएका छन् । शाखाको तथ्यांक अनुसार सबै भन्दा बढी अष्ट्रेलिया, क्यानडा, जापान, भारत, युके, अमेरिका, दक्षिण कोरियाका लागि नेपालीले एनओसी लिएका छन् । शाखा प्रमुख बासुदेव वस्तीले अहिले औषतमा दैनिक तीन सय विद्यार्थीले एनओसीका लागि आवेदन दिईरहेका छन् । शाखाबाट विभिन्न ५९ वटा देशका लागि एनओसी वितरण गरेको छ । एनओसी मार्फत सरकारले यो पछिल्लो पाँच महिनामा ८ करोड २१ लख ३२ हजार राजस्व संकलन गरेको छ शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ । शाखाले आवेदन परेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घन्टाभित्र एनओसी जारी गरिरहेको छ । यो समाचार अनल
शिक्षा क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल हासिल गर्न सकिरहेको अवस्था छैन: शिक्षाविद् डा. मनप्रसाद वाग्ले

शिक्षा क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल हासिल गर्न सकिरहेको अवस्था छैन: शिक्षाविद् डा. मनप्रसाद वाग्ले

From Today's Newspaper, School Education
जनादेश नेपाल संवाददाता, काठमाण्डौं । शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्लेले शिक्षा क्षेत्रमा लगानी गरेअनुसार उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् । प्रत्येक वर्ष शिक्षा क्षेत्रको लगानी बढ्दै गएको तर, त्यही अनुसार प्रतिफल आउन नसकेको बताएका हुन् । नागरिक शिक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा. वाग्लेले राज्यलाई तिर्ने कर पनि बढिरहेको र सोही आधारमा लगानी समेत बढिरहेको बताए । ‘हामी ट्याक्स तिर्छौ । झन्डै २ खर्ब रुपैयाँ खर्च गर्छौ । तर, हामीले त्यत्रो लगानी गरेका छौँ, त्यो अनुसार प्रतिफल कहिबाट आएको छैन,’ उनले भने, ‘हामी पैसा खन्याएको खन्याएकै छौँ रिजल्टमा भने तलै छौँ । यसमा सबै गम्भीर भएर लाग्नुपर्ने छ । यसका लागि धेरै काम गर्नुपर्ने हुन्छ ।’ शिक्षा क्षेत्रको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएको उनको भनाई छ । प्रत्येक वर्ष १२ लाख मानिसहरू कक्षा १ मा भर
प्रधानमन्त्रीज्यू, आखिर विश्वविद्यालयमा राजनीति गर्‍यो कसले ?

प्रधानमन्त्रीज्यू, आखिर विश्वविद्यालयमा राजनीति गर्‍यो कसले ?

From Today's Newspaper, Thought/Blog
डा.बलराम तिमल्सिना नेपालका प्रत्येक विश्वविद्यालयको दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति सम्माननीय प्रधानमन्त्रीले प्रमुख अतिथिको रूपमा भाग लिने र सम्बोधन गर्ने परम्परा छ । यही परम्पराअनुसार नै यही मङ्सिर २९ गते काठमाडौँ विश्वविद्यालयको पहिलो चरणको २८ औँ दीक्षान्त समारोहलाई सम्माननीय प्रधानमन्त्री देउवाज्यूले सम्बोधन गर्नुभयो । सम्बोधनको क्रममा उहाँले काठमाडौँ विश्वविद्यालयले तीन दशकदेखि गुणस्तरीय एवम् प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सृजनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याएको बताउनुभयो । प्रधानमन्त्रीज्यूले काठमाडौँ विश्वविद्यालयले विविध क्षेत्रमा पुर्‍याएको योगदानको व्याख्या र विश्लेषण गर्दै के पनि भन्न छुटाउनु भएन भने, “विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धा