Health Care Archives | Page 3 of 8 | Education Patra

Health Care

१४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय पनि नजान अपील

१४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय पनि नजान अपील

Banner News, Health Care, Main News
जनादेश नेपाल, काठमाण्डौं । काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले  जानकारी दिए । मन्त्रालयले यस क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ । ‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक त
कोरोना बढेपछि डब्ल्युएचओले भन्योः तत्काल १ करोड मात्रा खोप चाहियो

कोरोना बढेपछि डब्ल्युएचओले भन्योः तत्काल १ करोड मात्रा खोप चाहियो

Health Care, International, Top Feature News
एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्व्यापी खोप अभियान कोभ्याक्सका लागि तत्काल १ करोड मात्रा खोप उपलब्ध गराउन आह्वान गरेको छ । कोभ्याक्स मार्फत गरिब मुलुकमा खोप उपलब्ध गराउन कोरोनाविरुद्धको १ करोड मात्रा खोप दिन खोप उत्पादक मुलुक र कम्पनीसँग डब्लूएचओले आग्रह गरेको हो । डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले यो वर्षको प्रारम्भमा एक सय दिन भित्र सवै मुलुकलाई खोप सुरु गर्ने सुनिश्चित गर्न आह्वान गरेको बताए । तर एक सय दिन बित्न १५ दिन बाँकी रहँदा ३६ मुलुकका उच्च जोखिममा रहेकालाई अझै पनि एक मात्रा खोप पनि उपलब्ध गराउन नसकिएको उनले बताएका छन् । कोभ्याक्सबाट आगामी दुइ साताभित्र १६ मुलुकमा खोप उपलब्ध गराउने लक्ष्य छ भने २० मुलुकमा अझै पनि खोप वितरणको तालिका सार्वजानिक गरिएको छैन् । राष्ट्र संघ अन्र्तगतको कोभ्याक्सले सन् २ हजार २१ भित्र गरिब मुलुकमा २ अर्ब मात्रा खोप उप
सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

Health Care, International, Main News, Top Feature News
जनादेश नेपाल, काठमाण्डौ । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ । तेन्दुलकरले आफूलाई शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको ट्वीटमार्फत बताएका छन् । कोरोना संक्रमण हुनुअघि सामान्य लक्षणहरु देखा परेको उनले बताएका छन् । आफूलाई संक्रमण पोजिटिभ भए पनि परिवारका अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको उनले उल्लेख गरेका छन् । उनले आवश्यक स्वास्थ्य सतर्कता अपनाएको पनि बताएका छन् । उनी घरमै होम क्वारेन्टाइनमै रहेर डाक्टरले दिएका सुझावहरु अनुसरण गरिरहेको बताएका छन् ।
भारतबाट फर्केका दुई जनामा कोरोना संक्रमण

भारतबाट फर्केका दुई जनामा कोरोना संक्रमण

Banner News, Health Care, Main News
जनादेश नेपाल, बर्दिया । बाँकेको जमुनाह नाका हुँदै घर फर्किएका बर्दिया र रोल्पाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । शनिबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले भारतको गुजरातमा काम गर्दै आएका बढैयाताल गाउँपालिका–१ डाँफेका ४१ वर्षीय पुरुष र महाराष्ट्रबाट फर्किएका रोल्पाका ४८ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए । दुवैको जमुनाह नाकामा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूलाई आ–आफ्नै घरमा आइसोलेसनमा राखिने सूचना अधिकारी श्रेष्ठले बताए । दुवैलाई शनिबार नै एम्बुलेन्समार्फत घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।