Higher Education News Archives | Page 2 of 9 | Education Patra

Higher Education News

सीटीईभीटीले वृद्धि गरेको अध्ययन शुल्क फिर्ता गर्न माग

सीटीईभीटीले वृद्धि गरेको अध्ययन शुल्क फिर्ता गर्न माग

From Today's Newspaper, Higher Education News, Main News
एजुेकेशनपत्र, काठमाण्डौ । सत्तारुढलगायत ६ विद्यार्थी संठगनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले वृद्धि गरेको नर्सिङ, एचए, र फार्मेसीको अध्ययन शुल्क फिर्ता गर्न माग गरेका छन् । शिक्षामन्त्री अशोककुमार राईलाई सोमबार ज्ञापनपत्र बुझाउँदै विद्यार्थीले १८ बुँदे माग अघि सारेका हुन् । सीटीईभीटीले यी विषयको शुल्क डेढ लाखदेखि साढे ८६ हजार रुपैयाँसम्म वृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनले आन्दोलनका घोषणा गरेका छन् । संयुक्त विद्यार्थी संगठनले ज्ञापनपत्रमा विदेशी सम्बन्धनमा सञ्चालित कलेजमा २० प्रतिशत छात्रवृत्ति लागू गर्नसमेत शिक्षा मन्त्रालयसँग माग गरेका छन् । मन्त्रालयको सम्बन्धनमा ८५ वटा विदेशी कलेज सञ्चालनमा रहेका छन् । यी कलेजले मनोमानी ढंगबाट लिइने चर्को शुल्क र आर्थिक अपारदर्शिताको कारण ठूलो संख्यामा विद्यार्थी ठगिएको विद्यार्थीको भनाइ छ । कलेजमाथि प्रभ
राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा यादव नियुक्त

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा यादव नियुक्त

Higher Education News, Main News
एजुेकेशनपत्र, काठमाण्डौ । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राजर्षि जनक विश्वविद्यालयमा प्रा.डा. अमरप्रसाद यादवलाई उपकुलपतिमा नियुक्त गरेका छन् । यादवलाई गत बुधबार नियुक्ति दिइएको पत्र आइतबार प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । डेढ वर्षदेखि रिक्त उपकुलपति पदमा उनले नियुक्ति पाएका हुन् । सिफारिस समिति गठन भए पनि नाम सिफारिस हुन नसक्दा नियुक्ति प्रक्रिया रोकिएको थियो । सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले यादवसहित प्रा.डा. महानन्द चालिसे र क्षितिज उपाध्यय ढुंगेलको नाम सिफारिस गरेको थियो । समितिमा शिक्षासचिव रामकृष्ण सुवेदी र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल सदस्य थिए । सिफारिसको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । उपकुलपति नहुँदा विश्वविद्यालयका अन्य पद पनि रिक्त रहेका छन् । उपकुलपति निय
त्रिविका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रियामा

त्रिविका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रियामा

Higher Education News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ । विश्वविद्यालयले १ हजार ६० निजी तथा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएको थियो । तीमध्ये दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको सूची सार्वजनिक गरिएको छ । १ सय ५० मध्ये सामुदायिक र निजी क्याम्पसको संख्या लगभग बराबर रहेको उपकुलपति कार्यालयको योजना निर्देशनालयले जनाएको छ । त्रिविमा ६४ आंगिक क्याम्पस पनि सञ्चालनमा रहेका छन् । दोस्रो जनआन्दोलनयता विश्वविद्यालयले मनोमानी सम्बन्धन बाँडेको थियो । पछिल्ला वर्षहरुमा ती क्याम्पस विद्यार्थी अभावमा संकटमा रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । त्रिविसहित अन्य विश्वविद्यालयका करिब साढे ५ सयवटा क्याम्पसमा १ सयभन्दा कम विद्यार्थी अध्ययरत छन् । त्रिविले क्याम्पस समायोजनको नीतिसमेत अघि सारेको
विदेशमा अध्ययन गर्ने मानसिकता परिवर्तन गर्न अर्थमन्त्रीको आग्रह

विदेशमा अध्ययन गर्ने मानसिकता परिवर्तन गर्न अर्थमन्त्रीको आग्रह

Banner News, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल पब्लिक क्याम्पस एशोसिएशनको ३३औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशरण महतले वैदेशिक अध्ययनलाई जोड दिने नेपाली मानसिकतामा परिर्वतन गर्नुपर्ने कुरामा जोड दिएका छन। विदेशमा शिक्षा हासिल गर्दा परिवारमा पर्ने आर्थिक भार र विदेशमा हुदाँ हुन सक्ने सम्भावित कमी कमजोरीप्रति मन्त्रीले चिन्ता व्यक्त गरेका छन।मन्त्री महतले विदेशमा गरिने अध्ययनले उच्च शिक्षा र समृद्ध भविष्यको ग्यारेन्टी हुने धारणालाई पुनर्विचार गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थी विदेश गएपछि आर्थिक जिम्मेवारी निकै बढेको र परिवारका हरेक पक्षमा सफलताको ग्यारेन्टी नहुनेमा कुरामा जोड दिए । यस प्रकारको कार्यलाई उल्टाउन आवश्यक छ, उनले भनेका छन। विदेश अध्ययनको आफ्नै अनुभव सुनाउँदै मन्त्रीले भने, विदेश जाने कुरा विरलै हुने गरेको थियो । पूर्ण छात्रवृत्ति प्रा