१२ वर्षपछि दीक्षान्त समारोह आयोजना गर्दै नेपाल संस्कृत विश्वविद्यालय
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल संस्कृत विश्वविद्यालयको स्थापना योगी नरहरिनाथले चिम्टा गाडेर सुरुवात गर्नुभएको थियो । हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्मे हुन्थ्यो संस्कृत विश्वविद्यालय परिसर, केही महिनाअघि मात्रै राष्ट्रपति आउँदा विश्वविद्यालयको केन्द्रीय कार्यालयभित्र पुग्ने सडकका खाल्डाखुल्डी सम्म्याउने काम भएको थियो ।
यसपटक दीक्षान्त समारोह आयोजना हुने भएपछि उक्त क्षेत्रको सडक नै कालोपत्रे गरिएको छ । घोराही तुलसीपुर सडकखण्डदेखिको विश्वविद्यालयको मूल गेटदेखि केन्द्रीय कार्यालयसम्मका साथै सहायक गेटसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उक्त क्षेत्रको सडक कालोपत्रे गर्नका लागि बजेटको व्यवस्था गरेको थियो ।
विश्वविद्यालयले २०६८ सालयता १२ वर्षपछि पाँचाै दीक्षान्त समारोह आयोजना गर्न लागेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले २०