Higher Education News Archives | Page 6 of 9 | Education Patra

Higher Education News

सर्वोच्चमा रिट परेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तहको भर्ना स्थगन

सर्वोच्चमा रिट परेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तहको भर्ना स्थगन

Higher Education News, Main News, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । चिकित्सा शिक्षा स्नातकोत्तर तहको कक्षा प्रारम्भ गर्ने कार्यपालिका स्थगन गरिएको छ । म्याचिङ प्रक्रियाका सम्बन्धमा सर्वोच्चमा रिट परेपछि उक्त प्रक्रिया स्थगित गरिएको थियो । म्याचिङ प्रक्रिया रोकिएसँगै कक्षा प्रारम्भ गर्ने कार्यपालिका समेत प्रभावित बनेको हो । आयोगले ६ पुस २०७९ मा म्याचिङसम्बन्धी कार्यतालिकाको सूचना प्रकाशित गरेको थियो । सोही आधारमा २२ माघ २०७९ देखि कक्षा प्रारम्भ गर्ने कार्यपालिका थियो । तर, सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया तत्काल अगाडि नबढाउन भन्दै अन्तरिम आदेश दिएपछि कार्यपालिका प्रभावित भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । १७ पुसमा सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चमा उक्त विषय हाल विचाराधीन अवस्थामा रहेको भन्दै आयोगले कक्षा प्रारम्भ गर्ने कार्यपालिका स्थगन गरिएको जनाएको हो । सम्बन्धित
शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुनु हुदैन: अध्यक्ष नारायणमान बिजुक्छे

शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुनु हुदैन: अध्यक्ष नारायणमान बिजुक्छे

Banner News, Higher Education News, Main News, Top Feature News
एजुकेशनपत्र, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुन नहुनेमा जोड दिएका छन्। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिकोत्सवका अवसरमा उनले शैक्षिक संस्थाहरूमा यस्ता खालका घटनाहरू हुन नहुनेमा जोड दिएका हुन्। प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए। साथै उनले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्न आवश्यक भएको बताएका छन्।
राप्ती इञ्जिनियरीङ कलेजमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

राप्ती इञ्जिनियरीङ कलेजमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Banner News, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, दाङ । राप्ती इन्जिनियरीङ कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कलेजमा विई सिभिल दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले विइ सिभिल प्रथम सेमेष्टर (१२ औँ ब्याच) मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो । स्वागत तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उप—प्रमुख हुमा डि. सीले मुलुकमा प्राविधिक शिक्षाको विकासमा कलेजको अहम भुमिका रहेको बताउनुभएको छ । प्रमुख अतिथि डिसीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाई सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजि क्षेत्रलाई आग्रह गर्नुभएको थियो । विद्यार्थीहरुले गरेको व्यवस्थापन र कलेजको व्यवस्थापनको प्रसाश गर्दै कलेजले स्थानिय, प्रदेश र समग्र राष्ट्रको प्राविध