Higher Education News Archives | Page 7 of 9 | Education Patra

Higher Education News

राप्ती इन्जिनियरिङ कलेजका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

राप्ती इन्जिनियरिङ कलेजका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
जनादेश नेपाल संवाददाता, दाङ । दाङ जिल्लाको घोराही—१६ सानीअम्बापुरमा संचालित राप्ती इञ्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७९/०८० मा सिटिईभिटी अन्र्तगत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरुलाई लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ । स्वागत कार्यक्रममा डिप्लोमा तहमा कम्प्युटर इन्जिनियरिङ र प्रिडिप्लोमा तहमा अध्ययनरत सिभिल, इलेक्टिकल र अमिनका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । स्वागत कार्यक्रमका प्रमुख अतिथि भुगर्भविद् डा. प्रदीप पौलेलले भने, 'कलेजले विद्यार्थीहरुलाई शिक्षामात्र नदिएर सीप, व्यावहार, आचरण र अनुशासन पनि सकाई रहेको हुन्छ र विद्यार्थीहरुले मिहिनेत गरेर सिक्नु आवश्यक छ ।' कसैको लागि पढीदिने
सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयहरु बन्द हुदै

सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयहरु बन्द हुदै

Banner News, Higher Education News, Main News, Top Feature News
जनादेश नेपाल संवाददाता । सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयहरु बन्द हुदै छन् । दाङ जिल्लाका घोराहीमा अवस्थित सामाुदायीक विद्यालयमा विद्यार्थीको चाप निकै घटेको पाइएको छ । स्रोत व्यवस्थापन गर्न नसक्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन थालेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा पढाउने यस्ता विद्यालयमा ३२ प्रतिशत शिक्षक खाली छन् । एकातिर आर्थिक अभाव अर्कोतिर कम विद्यार्थीका कारण विद्यालयले शिक्षकको व्यवस्थापन गर्न नसक्दा गुणस्तरमा समेत प्रभाव परेको एक अध्ययनले देखाएको छ । प्युठानको क्षेत्र विकास माध्यमिक विद्यालयमा ५ वर्षदेखि बाली विज्ञान विषयको पढाइ हुन्छ । नियमित विद्यालय आउने १० विद्यार्थीका लागि पूर्णकालीन ४ शिक्षक छन् । विगतमा तीन वर्षे कार्यक्रमका लागि १४ जना शिक्षक थिए । तर आर्थिक अभाव हुँदा विद्यालयले शिक