मध्यपश्चिम विश्वविद्यालयले प्रमुख तीन क्षेत्रमा महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको अध्यक्षतामा मिति २०७९ मङ्सिर १० गते बसेको बैठकद्वारा महिला हिंसा विरुद्धको अभियान (Orange the World) संचालन गर्नका लागि सामाजिक सचेतना कार्यक्रम (Social Awareness Program); महिला हिंसा विरुद्धको रक्षात्मक कला प्रदर्शन (Women Violence Defence Skills Demonstration) र लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थायी एमयू सक्रियता केन्द्र (MU Activism Center Against Gender Based Violence) स्थापना गर्ने गरी तीन वटा महत्वपूर्ण निर्णयहरु भएको जानकारी उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप.प्रा. पन्चदेव भट्टले जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रमहरु संचालन गर्नका लागि मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप-प्राध्यापक कल्पना पौडेलज्यूको संयोजकत्व