ICT News Archives | Page 5 of 5 | Education Patra

ICT News

जोखिमको चौघेरामा सरकारी सर्भर

जोखिमको चौघेरामा सरकारी सर्भर

Banner News, From Today's Newspaper, ICT News, Main News, Top Feature News
काठमाडौं । शनिबार झण्डै चार घण्टा सरकारका सबै वेबसाइट ‘डाउन’ भए । सिंहरबारदरस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) मा रहेको सूचना प्रविधि प्रणालीमा समस्या आएर अनलाइनमा दर्ता अभिलेख नचल्दा अन्तर्राष्ट्रिय उडानदेखि सरकारी फारम भर्ने सेवासम्म देशैभर प्रभावित भए । केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार एकसाथ धेरै ठाउँबाट प्रणालीमा अनधिकृत पहुँच स्थापित गर्न साइबर आक्रमण हुँदा यस्तो समस्या आएको हो । सर्भर डाउन हुने समस्या नेपालका सरकारी निकायमा सेवा लिनेहरुका लागि नयाँ होइन । प्रवक्ता पोखरेलका अनुसार यस्ता समस्या सधैं एउटै कारणले आउँदैन । तर, मुख्य रुपमा समस्याहरु पहिचान भइसक्दा पनि आवश्यक सुधार तथा अद्यावधिक गर्नेतर्फ ध्यान नदिंदा लगातारजसो सिस्टम डाउन भएर धेरैबेर लाइन बस्दा पनि कर तिर्न समेत सकिंदैन भने कहिले घरबाट पासपोर्टको फारम भर्न पनि सकस पर्छ । राष्ट्रिय सूचन
सूचना प्रविधिको क्षेत्रमा १० हजार जनशक्ति कार्यरत

सूचना प्रविधिको क्षेत्रमा १० हजार जनशक्ति कार्यरत

Employment, ICT News
जनादेश नेपाल, काठमाण्डौं । रोजगारीमा आबद्ध कुल नेपालीमध्ये ०.९ प्रतिशतले मात्रै सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको र १० हजार जति जनशक्ति मात्रै यो क्षेत्रमा कार्यरत रहेको अध्ययनहरूले देखाएका छन् । यस्तोमा नेपालको सूचना प्रविधि क्षेत्रलाई कसरी फराकिलो बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्नेबारे बुधबार काठमाडौंमा एक छलफल आयोजना गरियो । विश्व बैंक समूह, सेन्टर फर डिजिटल ट्रान्सफरमेसन र नेपाल इकोनमिक फोरमले आयोजना गरेको ‘अन क्रिएटिङ जब्स इन डिजिटल नेपाल’ शीर्षकको छलफलका वक्ताहरूले नेपालमा सूचना प्रविधि क्षेत्रका सबै सरोकारवालाहरूले आपसमा समन्वय र सहकार्य गर्दै काम गर्नुपर्ने धारणा राखे । ‘हामीकहाँ अहिले संघ र प्रदेशस्तरका सूचना प्रविधि क्षेत्रका जनशक्ति र निकायबीच नै समन्वय छैन,’ यूएसएडको मार्केट सिस्टम्स एन्ड इन्टरप्राइज डेभलपमेन्ट निर्देशक कञ्चन गुरुङले भनिन्, ‘पोखरा,