International Archives | Page 18 of 22 | Education Patra

International

नेपालीलाई दुव्यवहार गर्ने एकजना बनारसबाट पक्राउ

International
चन्द्रप्रकाश नेपाली अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्वयवहार गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सन्तोष पाण्डे रहेको भारतको बनारस प्रहरीले जनाएको छ । विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक कपाल मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए । त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए । त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सो क्रममा सन्तोष पाण्डे नामका एक जना युवक पक्राउ परेको बनारस प्रहरीले जनाएको छ ।
लकडाउन खुकुलो भएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि

लकडाउन खुकुलो भएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि

International
लन्डन,  रासस/सिन्ह्वा ः भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म हप्तामा सक्रिय रोजगारी विज्ञापनको कुल सङ्ख्या १० लाख पाँच हजार पुगेको छ । यो जुनकोे अन्तिम हप्ता (जून २२ देखि २८सम्म) को तुलनामा नौ लाख ९० हजारले बढी हो । उल्लेखनीय कुरा के हो भने त्यहाँ सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यवसायिक कर्मचारीको विज्ञापनमा महत्वपूर्ण वृद्धि रहेको छ । जुनको अन्तिम हप्ताको तुलनामा जुलाईको ६–१२ सम्ममा वेब डिजाइनर र डेभलपरहरूको पदस्थापन १५.५ प्रतिशतले बढेको उल्लेख छ । यसमा प्रोग्रामर र सफ्टवेयर विकासकर्ताहरूको रोजगारीमा जोडिने दरमा ६.६ प्रतिशतले वृद्धि
फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा

International, Main News
वासिङ्टन डिसी, रासस/एएनआई ः विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोेएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ । अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ । कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ । यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ
७ लाख बालबालिकाको ज्यान जोखिममा

७ लाख बालबालिकाको ज्यान जोखिममा

International
एजेन्सी । विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने कार्यमा धेरै जसो मुलुक लागि परेका छन् । विश्वका धेरै जसो औषधि उत्पादक मुलुक कोरोना खोपकको विकासमा केन्द्रित भएपछि अन्य खोपको अभाव भएको छ । अफ्रिकामा विभिन्न प्रकारका खोप अभाव भएसँगै ७ लाख बालबालिकाको ज्यान जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । तत्कालै अन्य खोप उत्पादन नगरिए सात लाख बालबालिकाको ज्यानै जान सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ । यस्तै, बेलायत तथा स्वीस खोजकर्ताले समेत अफ्रिकामा रहेका ५४ देशका ७ लाख बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएका छन ।
विश्व कोरोना अपडेट : पाँच लाख ९९ हजार ३४१ को मृत्यु, एक करोड ४१ लाख ८९ हजार संक्रमित

विश्व कोरोना अपडेट : पाँच लाख ९९ हजार ३४१ को मृत्यु, एक करोड ४१ लाख ८९ हजार संक्रमित

International
जनादेश, काठमाडौँ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वभर हालसम्म पाँच लाख ९९ हजार ३४१ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या एक करोड ४१ लाख ८९ हजार २२३ पुगेको छ भने ८४ लाख ५५ हजार २०६ जना उपाचारपछि कोरोना मुक्त भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा संक्रमणका कारण एक लाख ४२ हजार ६४ जनाको मृत्यु भएको छ भने ३७ लाख ७० हजार १२ जना संक्रमित फेला परेका छन् । अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ७७ हजार ९३२ जनाको मृत्यु भइसकेको छ भने २० लाख ४८ हजार ६९७ जना संक्रमित भेटिएका छन् । यस्तै, भारत २६ हजार २८५, इटलीमा ३५ हजार २८, स्पेनमा २८ हजार ४२०, फ्रान्समा ३० हजार १५२, इरानमा १३ हजार ७९१, बेल्जीयममा ९ हजार ७९५, जर्मनीमा ९ हजार १६०, नेदरल्याण्डमा ६ हजार १३८, टर्कीमा
विश्वभर कोरोना मुक्त हुनेको संख्या ८२ लाख नाघ्यो

विश्वभर कोरोना मुक्त हुनेको संख्या ८२ लाख नाघ्यो

International
जनादेश संवाददाता विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ८२ लाख नाघेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म एक करोड ३९ लाख ५३ हजार ३ सय ४२ जनामा संक्रमण पुष्टि भएकोमा ८२ लाख ८५ हजार १ सय ८३ जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ । कोरोना संक्र्रमणका कारण ५ लाख ९२ हजार ७ सय ७८ जनाको भने ज्यान गएको छ । भारतमा अहिलेसम्म १० लाख ५७ हजार ६० जनामा कोरोना संक्रमण भएको छ भने २५ हजार ६ सय १९ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित धेरै हुने देशको सूचीमा भारत तेस्रो स्थानमा रहेको छ
पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजा विरुद्ध प्रदर्शन

पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजा विरुद्ध प्रदर्शन

International
रासस/सिन्ह्वा० ः पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट विरोध प्रदर्शनसहित सर्वोच्च अदालतमा उजुरी समेत दायर गरिएको छ । उजुरीमा बर्तमान राष्ट्रपति समेत रहनु भएका र अहिलेको निर्वाचनबाट फेरी निर्वाचित भएको घोषणा गरिएका अन्ड्रजेज डुडाको पक्षमा धाँधली गरिएको उल्लेख गरिएको छ । उनीहरुले अहिलेको नतिजालाई अस्विकार गरिने घोषणा समेत गरेका छन् । गत आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डुडाको पक्षमा ५१।०३ प्रतिशत र अर्का उम्मेदबार त्रजास्कोवस्कीको पक्षमा ४८।९७ प्रतिशत मत परेको घोषणा गरिएको थियो । दुई उम्मेदबारका बीचमा झिनो मतान्तर देखिएकाले पनि विवाद चर्किएको र केही धाँधलीको आशंका गर्न सजिलो भएको विश्लेषकहरुले
अगानिस्तानमा तालिबान विरुद्धको कारबाहीमा २७ को मृत्यु

अगानिस्तानमा तालिबान विरुद्धको कारबाहीमा २७ को मृत्यु

International
रासस–एएनआई ः अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् । अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ । अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय सैनिक संगठनले दिएको जानकारीअनुसार उक्त प्रान्तको कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि तालिबानले आक्रमण गरेका थिए । सो आक्रमणमा परी ती सैनिक मारिएको प्राप्त समाचारमा जनाइएको छ । प्रान्तीय राजधानीबाट नजिकको सो क्षेत्रमा रहेका तालिबान आतंककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो । उक्त सैनिक पोष्टमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि यहाँको सरकारी सेनाले पनि आक्राणका विरुद्धमा कारबाही जारी राखेको थियो ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

International
रासस÷एएनआई ः भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या १० लाख ३ हजार ८७६ पुगेको छ । त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६८७ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २५ हजार ६०२ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ४२ हजार ४७३ रहेको छ भने ६ लाख ३५ हजार ७५७ जना संक्रमणमुक्त भइसकेका छन् । भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ८४ हजार २८१ पुगेको छ । तीमध्ये ११ हजार १९४

‘एउटा बिटक्वाइन काण्ड’मा थुप्रै अर्बपति, नेता र कम्पनीका ट्विटर खाता ह्याक

International
बिबिसी तस्बिर स्रोत,GETTY IMAGES बिटक्वाइन काण्डको झल्को आउनेगरि एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्। हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायत छन्। उबर र एपलजस्ता संस्थाहरू समेत हमलामा परेका छन्। क्रिप्टोकरेन्सी संस्थापक पासवर्डसहित मरेपछि १५ अरब रुपैयाँ बराबरको साइबर मुद्रा गायब प्रयोगकर्तालाई पासवर्ड फेर्न ट्विटरको आग्रह हमलाकारीले निशानामा पारेर दुरूपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँलाखले पछ्याएका छन्। ह्याकरले के गरे? ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार