International Archives | Page 19 of 22 | Education Patra

International

भारतमा एकैदिन करिब ३० हजारसंक्रमित

भारतमा एकैदिन करिब ३० हजारसंक्रमित

International
एजेन्सी भारतमा एकैदिन कोरोना संक्रमण हुने मानिसको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । वितेको २४ घण्टामा भारतमा हालसम्मकै बढी २९ हजार ८ सय ४२ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको संख्या ९ लाख ३७ हजार ४ सय ८७ पुगेको छ ।भारत विश्वमा कोरोना संक्रमित हुनेमा देशको तेस्रो स्थानमा छ । उता गएको २४ घण्टामा विश्वभर सबैभन्दा बढी अमेरिकामा ६५ हजार ५ सय ९४ जनामा संक्रमण भएको छ । त्यस्तै ब्राजिलमा ४३ हजार २ सय ४५ जना संक्रमित थपिए । हिजो एकै दिन विश्वभर २ लाख १६ हजार ८ सय ६ जना संक्रमित भए ।त्यस्तै पछिल्लो २४ घण्टाका विश्वमा कोरोना संक्रमणबाट ५ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण विश्वभर ५ लाख ८० हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ । २ सय १३ देशमा रहेका कोरोना संक्रमित मध्ये ७८ लाख ४१ हजार बढी निको भैसकेका छन् ।।
हङकङप्रतिको अमेरिकी विशेष व्यवहार अन्त्य गरिएको ट्रम्पको घोषणा

हङकङप्रतिको अमेरिकी विशेष व्यवहार अन्त्य गरिएको ट्रम्पको घोषणा

International, Main News
बिबिसी तस्बिर स्रोत,GETTY IMAGES अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन्। उनले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने गर्ने क्रममा पछिल्लो कदम चालेका हुन्। वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने बनाए। "हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिनेछ," ह्वाइटहाउसमा पत्रकारहरूलाई उनले भने। एउटा कानुन पनि ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेको बताए। यसै महिनाको सुरुमा अमेरिकी संसद्‍बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै ब्याङ्कहरूमाथि प्रतिबन्