साउथ एसियन युनिभर्सिटी नयाँ दिल्लीः विद्यार्थी आन्दोलनलाई उक्साएको आरोपमा चार प्राध्यापकलाई निलम्बन
नयाँ दिल्ली । नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयले विद्यार्थी आन्दोलनलाई उक्साएको आरोपमा चार प्राध्यापकलाई निलम्बन गरेको छ । गत वर्ष नोभेम्बरमा मासिक छात्रवृत्तिको रकम बढाउन माग गर्दै विद्यार्थीले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा आन्दोलनमा संलग्न रहेको भन्दै ६ विद्यार्थीलाई निलम्बन गरिएको थियो ।
उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) अन्तर्गत सञ्चालित छ । सार्कका परियोजनामध्ये विश्वविद्यालय मात्रै सञ्चालनमा छ । तर, सार्कमा उत्पन्न समस्याहरूको असर विश्वविद्यालयमा पर्न थालेको धेरै भइसकेको छ ।
शिक्षक र विद्यार्थीमाथि गरिएको कारबाहीले सार्क विश्वविद्यालय विवादमा तानिएको हो । अर्थशास्त्र विभागका स्नेहाशीष भट्टाचार्य, कानुन विभागका श्रीनिवास बुर्रा, सामाजिक विज्ञान विभागका इरफानुल्लाह फारुकी र रविकुमारलाई गत साता निलम्बन गरिए पनि कारण भनिएको छैन । नि