International Archives | Page 4 of 22 | Education Patra

International

विस्फोटक हतियारको प्रयोग रोक्न ८० राष्ट्रहरूको प्रतिबद्धता

विस्फोटक हतियारको प्रयोग रोक्न ८० राष्ट्रहरूको प्रतिबद्धता

International
जनादेश नेपाल, काठमाण्डौैं । जनसङ्ख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न संयुक्त राष्ट्रसङ्घ र रेडक्रसले समर्थन गरेको घोषणालाई शुक्रबार डब्लिनमा भएको सम्मेलनमा ८० राष्ट्रहरूले प्रतिबद्धता जनाएका छन् । यद्यपि उक्त सम्झौता कानुनी रूपमा बाध्यकारी छैन । तर ती राष्ट्रहरूले युद्धमा फसेका नागरिकहरूलाई बचाउनको लागि सहरी तथा बसोबास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन् । संयुक्त राज्य अमेरिका सहित आर्थिक रूपमा उन्नत राष्ट्रहरूको  समूह जी-७ का सबै सदस्यहरू उक्त  सम्झौतामा सहमत भएका छन् तर रुस र चीन भने यस बारे मौन छन् । पछिल्ला दिनहरूमा युक्रेनका सहरी क्षेत्रहरूलाई लक्षित गर्दै मस्कोले आफ्नो बम विस्फोट अभियानको लागि व्यापक आलोचनाको सामना गर्नु परेको छ । जुनमा जेनेभामा संयुक्त राष्ट्र सङ्घको बैठकमा अन्तिम रूप दिइएको यो घोषणा आयरल्याण्डको नेतृत्वमा भएको
बहुप्रतीक्षित सी-बाइडेन वार्ताः अब कस्तो होला वेइजिङ र वासिङ्टनबीचको सम्बन्ध

बहुप्रतीक्षित सी-बाइडेन वार्ताः अब कस्तो होला वेइजिङ र वासिङ्टनबीचको सम्बन्ध

International
जनादेश अन्तर्राष्ट्रिय वाच। लामो समयदेखि तनावमा रहेका दुई शक्तिराष्ट्र अमेरिका र चीनका राष्ट्रपतिले अर्थपूर्ण भेटवार्ता गरेका छन् । इन्डोनेसियाको बालीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ वार्तामा बसे । अमेरिकी राष्ट्रपति बाइडेनले सुरुवाती मन्तव्यमा सीलाई भनेका थिए, ‘तपाईं र मबीच व्यक्तिगत रूपमा सञ्चारको लाइनहरू खुला राख्न प्रतिबद्ध छु । किनभने हाम्रा दुई देशहरूसँग सम्झौता गर्ने अवसर छ ।’ अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार बाइडेनले थप सन्दर्भहरू पनि जोडेका थिए । छलफलको क्रममा चीन र अमेरिकाले आफ्ना मतभेदहरू व्यवस्थापन गर्न सक्छन्, प्रतिस्पर्धालाई द्वन्द्वको नजिक हुनबाट पनि जोगाउन र आपसी सहयोग आवश्यकको अलावा विश्वव्यापी मुद्दाहरूमा सँगै मिलेर काम गर्ने तरिकाहरू खोज्न सक्छन् भन्ने सन्देश प्रवाहित गर्न चाहेको पनि बताएका थिए । सन् २०१७ यता अमेरिका र चीनबी
११ हजार कर्मचारी हटाउँदै मेटा कम्पनी

११ हजार कर्मचारी हटाउँदै मेटा कम्पनी

Employment, International
काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीको आम्दानी धरासायी बन्दै गएको पछिल्लो रिपोर्टसँगै मेटाले हजारौँ कर्मचारीलाई हटाउने भएको हो । यो सँगै मेटा कम्पनीका १३ प्रतिशत कर्मचारी कटौतीमा पर्नेछन् । फेसबुक कम्पनीमा अनावश्यक संख्या कर्मचारीसँग भद्दा र अप्रभावकारी बनेसँगै मेटाले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । खर्च घटाउनका लागि हजारौँ कर्मचारी कटौती गर्ने निर्णय गरेको फेसबुकले आफ्नो अर्बौ डलर लगानीको मेटाभर्स परियोजनालाई भने उच्च प्राथमिकतामा राखेको छ । मेटाभर्सलाई कम्पनीले उच्च प्राथमिकतायुक्त वृद्धि क्षेत्रको रुपमा लिएको छ । मेटाले आफ्नो मेटाभर्स परियोजनामा यो वर्षमात्रै १० अर्ब डलरभन्दा धेरै लगानी गरेको छ । हाल मेटा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ८७ हजार ३१४ रहेको छ । बुधबार एक वक्तव्य सार्वजनिक गर्दै मेटा कम्पनीका सिईओ मार्क
विश्वकप हेर्न कतार जान मन लाग्यो ? थाहा पाइराख्नुस् त्यहाँ लाग्ने खर्च र सुविधाको विवरण

विश्वकप हेर्न कतार जान मन लाग्यो ? थाहा पाइराख्नुस् त्यहाँ लाग्ने खर्च र सुविधाको विवरण

International, Main News
जनादेश स्पोर्ट्स वाच। फुटबल विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक मध्यपूर्वको कुनै देशमा यो प्रतियोगिता हुँदैछ र त्योपनि उत्तरी गोलार्द्धमा जाडो हुने याममा। उपलब्ध सबै ३० लाख टिकट विक्री भइसकेको छ। नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मको खेल हेर्न १२ लाख दर्शकहरू कतार पुग्दैछन्। सबभन्दा सानो आयोजक विश्वकपको इतिहासमा कतार सबभन्दा सानो आयोजक राष्ट्र हो। कतारको जनसङ्ख्या जम्मा ३० लाख मात्र छ। त्यहाँका आठ वटा रङ्गशाला करिब एक घण्टाका दूरीमा छन्। दर्शकहरूलाई ११० मेट्रो ट्रेन तथा चार हजार बसले ओसार्ने छन्। धेरै अर्थमा यो विश्वकप अलि भिन्न हुनेछ। कति महँगो हुनेछ कतार बसाइ? ब्रिटेनस्थित दर्शकहरूको सङ्गठन फुटबल सपोर्टर्स एसोसिएसनका सपोर्टर इन्गेजमेन्ट प्रमुख एस्ले ब्राउनका अनुसार विगतका प्रतियोगिताहरूका तुलनामा यसपाली थोरै सङ्ख्यामा मात्र इङल्यान्डका फुटबल प्रेमी कतार पुग्दैछन्। उनले धेर
चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

International, Main News, Top Feature News
बेइजिङ । चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तिब्र विकास भएको हो । चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो । यस वर्ष पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् । यद्यपी, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो । सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको उहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो । राष्ट्रिय तथ्याँक ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्