International Archives | Page 7 of 22 | Education Patra

International

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध

International, Main News
याङ्गुन । म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने बताइएको छ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ । कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले प्रतिबन्धको कदम चालेको हो । अमेरिकी राष्ट्रपति बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सुकीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गर्नुृ भएको छ । मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्ष
हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान

हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान

Banner News, International, Main News
जनादेश नेपाल, काठमाण्डौ । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ ।हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए । उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय रैनी र तपोवन क्षेत्रमा रहेका सडकमा कार्यरत मजदुर तथा तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसनका कर्मचारी बढीजसो बेपत्ता छन् । ‘मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको हो,’ पाण्डेयले फोनमा भने, ‘पहिचान खुलेका मृतक कामदारहरू कालीकोट र जुम्ला जिल्लाका छन् ।’ ‘टोकन नम्बर’ का आधारमा पत्ता लागेका म
कोरोना महामारीः हिजो विश्वमा थपिए ४ लाख नयाँ संक्रमित, साढे १२ हजारको मृत्यु

कोरोना महामारीः हिजो विश्वमा थपिए ४ लाख नयाँ संक्रमित, साढे १२ हजारको मृत्यु

Health Care, International
अन्तर्राष्ट्रिय । विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ७० हजार छ सय ७१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा १२ हजार छ सय १४ जनाको मृत्यु भएको छ। यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ७३ लाख ७९ हजार नौ सय पाँच पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २३ लाख ४८ हजार सात सय १२ जनाको मृत्यु भइसकेको छ। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ९० हजार ३९ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ दुई हजार नौ सय १० जनाको मृत्यु भएको छ। बेलायतमा थप १२ हजार तीन सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार ५२ जनाको मृत्यु भएको तथ्यांक छ। भारतमा १० हजार पाँच सय १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ८५ जना संक्रमितको मृत्यु भएको छ। ब्राजिलमा