Main News Archives | Page 26 of 81 | Education Patra

Main News

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो । यसैगरी, अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो । सञ्चारमन्त्री शर्माले भन्नुभयो, “तेस्रो संशोधन आदेशलाई स्वीकृत गर्ने प्रक्रियामा केही जटिलता
युलियन्स लगायतका महंगा बोर्डिङमाथि छानबिन गर्न अनेरास्ववियुको माग

युलियन्स लगायतका महंगा बोर्डिङमाथि छानबिन गर्न अनेरास्ववियुको माग

Banner News, From Today's Newspaper, Main News, School Education, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । खुमलटारमा रहेको युलियन्स लगायतका महंगा स्कुलमाथि छानबिन गर्न अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुको दोस्रो केन्द्रीय कमिटी बैठकले ट्रष्टका नाममा दर्ता भई अत्यधिक महंगो शुल्क लिई कर छली गर्ने युलियन्स जस्ता विद्यालयहरुमाथि छानबिन गर्न माग गरेको हो । युनियन्सले विद्यार्थीबाट महंगो शुल्क लिने गरेको तर, राज्यलाई कर नतिर्ने गरेको अनेरास्ववियुको आरोप छ । त्यस्ता स्कुलमाथि छानबिन गरी आवश्यक कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो । त्यसका लागि अनेरास्ववियुको मातहत कमिटी मार्फत स्थानीय तहलाई दबाब दिने निर्देशन दिएको छ । युलियन्सले महंगो शुल्क लिने गरेको भन्दै सामाजिक सञ्जालमा विरोध हुँदै आएको छ । यसरी महंगो शुल्क लिन निजी विद्यालय तथा कलेजहरूमाथि छानबिन गरी दोषी देखिएमा कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो ।रातोपाटीबाट
पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पसविरुद्ध अख्तियारमा उजुरी

पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पसविरुद्ध अख्तियारमा उजुरी

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । स्ववियु कोषको पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पस विरुद्ध अख्तियारमा उजुरी परेको छ । अनेरास्ववियुका अध्यक्ष समिक कुमार बडालले क्याम्पस प्रमुख प्रा. मुना रानाले २०७५ सालदेखि कोषमा रहेको ११ लाख ७४ हजार रुपैयाँ हिनामिना गरेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन्। अख्तियारमा दर्ता गरिएको उजुरीमा स्ववियु कोषको पैसा र पाठ्यक्रम विकास कोषको पैसा हिनामिना गरेको भन्दै उनीमाथि छानबिन गर्न माग गरिएको छ। यस विषयमा चिकित्सा शास्त्र अध्ययन संस्थानले समेत छानबिन गरेको थियो। छानबिनको क्रममा उक्त पैसा दराजको घर्रामा राखेको र उक्त पैसा कोषको खातामा जम्मा गरिसकिएको प्रतिवेदन पेस गरेको थियो। अनेरास्ववियुले डीनको कार्यालयले समेत उनीमाथि कारबाही गर्नुको साटो प्रशय दिने गरी प्रतिवेदन पेस गरेको आरोप लगाएको छ।
५ दिनभित्र बल्खु सुमोपार्कमा रहेको जग्गा खाली गर्न त्रिविको निर्देशन

५ दिनभित्र बल्खु सुमोपार्कमा रहेको जग्गा खाली गर्न त्रिविको निर्देशन

Main News
एजुकेशनपत्र, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय सामान्पय प्रशासन महाशाखा कीर्तिपुरले काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुस्थित सुमोपार्क रहेको जग्गा खाली गर्न निर्देशन दिएको छ। त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनलाई दिएको थियो। तर प्राध्यापक संघले प्रशंसा बस्नेतलाई सो जग्गा सम्झौता गरी भाडामा दिएको थियो। त्रिविले प्राध्यापक संघबाट जग्गा फिर्ता लिने निर्णय गरिसकेको छ। तर त्रिविको निर्णयविरूद्ध बस्नेतले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दासमेत दिएकी थिइन्। उनले दिएका दुवै मुद्दा दाबी नपुग्ने भन्दै अदालतबाट खारेज भएका थिए। त्रिविले २०७९ फागुन १५ र पुस १७, २०७८ फागुन ३० र २०७७ चैत ६ मा पत्र काटेर जग्गा खाली गर्न भनेको थियो। यो जग्गामा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले अस्पताल बनाउने तयारी गरेको छ। जग्गामा कम्पाउण्डवाल
डा‍. सन्दुक रुइतको जीवनी पाठ्यक्रमबाट हटाइएकोमा रघुजी पन्तको आपत्ति

डा‍. सन्दुक रुइतको जीवनी पाठ्यक्रमबाट हटाइएकोमा रघुजी पन्तको आपत्ति

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । ‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा सन्दुक रुइतको बारेमा लेखिएको आठ पृष्ठ जीवनी पढाइ हुन्छ । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर कता कता ६, ८ को साइन्समा केमा केमा राखियो । डा. सन्दुक रुइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवन पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जवाफ दिन आग्रह गर्छु,’ उनले भने । साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश
उपकुलपतिज्यूद्वारा जलजला बहुमुखी क्याम्पसको अनुगमन

उपकुलपतिज्यूद्वारा जलजला बहुमुखी क्याम्पसको अनुगमन

Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । मिति २०८० जेष्ठ ४ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यू तथा पदाधिकारीज्यूहरु सम्मिलित संयुक्त टोलीद्वारा जलजला बहुमुखी क्याम्पस, रोल्पा भ्रमण गरी अनुगमन तथा अन्तरक्रिया गर्नुभएको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले सोहि दिन जलजला बहुमुखी क्याम्पस, रोल्पाको नवनिर्मित भवनको शिलालेख अनावरण गरी समुद्घाटन समेत गर्नु भएको छ । जलजला बहुमुखी क्याम्पसद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यू हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता क्याम्पसका क्याम्पस प्रमुख खिम बहादुर खड्का छेत्रीज्यूले गर्नुभएको थियो । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यू र रोल्पा नगरपालि
सिटिइभिटीले ट्रान्सक्रिप्ट अब प्रदेश कार्यालयबाट वितरण गर्ने

सिटिइभिटीले ट्रान्सक्रिप्ट अब प्रदेश कार्यालयबाट वितरण गर्ने

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरण गर्ने जानकारी दिए । अहिले परिषद्ले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसन उपलब्ध हुँदै आएको छ । सातवटै प्रदेशबाट ट्रान्सक्रिप्ट लगायतका विवरण उपलब्ध गराउने भएपछि विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झन्झट नहुने भएको छ । उनका अनुसार सातवटै प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरणका लागि अहिले सफ्टवेयर बनाइँदै छ । परिषद्ले कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको जनकपुर, बा
सामुदायिक विद्यालयका हरेक कक्षा कोठामा डिजिटल बोर्ड राख्दै काठमाडौं महानगर

सामुदायिक विद्यालयका हरेक कक्षा कोठामा डिजिटल बोर्ड राख्दै काठमाडौं महानगर

Banner News, Main News, Special News Highlights
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/०८१ मा आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा  डिजिटल बोर्ड राख्ने भएको छ । विद्यालयको प्रत्येक कक्षामा एउटा डिजिटल बोर्ड राख्ने गरी महानगरपालिकाले यस्तो तयारी थालेको हो । महानगरपालिकाले आगामी आवको नीति, कार्यक्रम तथा बजेटमा यो कुरा समावेश गर्न गृहकार्य गरिरहेको मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय प्रमुख नुरनीधि न्यौपानेले जानकारी दिए । यो कामको लागि धेरै खर्च हुने भएकाले सङ्घीय सरकारसँग बजेट माग गरिएको उनले बताए । “हरेक विद्यालयमा १० ओटा डिजिटल बोर्ड वितरण गर्दा पनि एक हजार बोर्ड चाहिन्छ,” उनले टेकपानासँग भने, “एउटा बोर्डलाई करिब चार लाख रुपैयाँ पर्छ । हामीले यही अनुरूप सङ्घीय सरकारसँग बजेट माग गरेका हौं ।” सामुदायिक विद्यालय सङ्घीय सरकारको समेत भएकाले डिजिटल बोर्डका लागि बजेट छुट्याइने
चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक ः प्रधानमन्त्री प्रचण्ड

चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक ः प्रधानमन्त्री प्रचण्ड

Banner News, Health Care, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताउनुभएको छ । आज (सोमबार) चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो –“कयौं युवा डाक्टरहरुले लाखौं खर्च गरेर पढ्नु भएको छ । तर ३० देखि ४० हजारको जागिर छ नेपालमा अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर
आजको आवश्यकता गुणस्तरीय शिक्षासँगै रोजगारमूलक शिक्षा: डा. मिनेन्द्र रिजाल

आजको आवश्यकता गुणस्तरीय शिक्षासँगै रोजगारमूलक शिक्षा: डा. मिनेन्द्र रिजाल

Higher Education News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर तयार गरिएको नीति तथा कार्यक्रमबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । वीरगञ्ज पब्लिक कलेज (बिपीसी) मा आयोजित दीक्षान्त कार्यक्रममा नेता रिजालले वीरगञ्ज पब्लिक कलेजले वीरगञ्जको शैक्षिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गुणस्तरीय शिक्षासँगै रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । कलेजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पट्टेल, मध्यपश्चिम विश्व विद्यालयका पूर्व उपकुलपति उपेन्द्र कोइराला, पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग