आयुर्वेद क्याम्पसको निर्वाचन १७ गते
काठमाडौं । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि आयुर्वेद क्याम्पस कीर्तिपुरमा यही चैत १७ गते स्ववीयू निर्वाचन हुने भएको छ ।
इन्टर्न विद्यार्थीले भोट नहाल्ने कुरामा त्रीवीको नयाँ निर्देशिकाको विरुद्ध मुद्दा परेपछि उच्च अदालत पाटनले निर्देशिकाअनुसार नै चुनावमा जानुपर्ने आदेश जारी गरेको थियो ।
सो क्याम्पसमा निर्वाचनमा ५ दलका विद्यार्थी संगठनहरु अनेरास्ववीयू, अनेरास्ववीयू क्रान्तिकारी, अनेरास्ववीयू, नेपाल क्रन्तिकारी विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ दर्ता भएको छ । जसमा ४ दलीय गठबन्धनका विरुद्ध नेवीसंघ सिंगो प्यानल लड्ने भएको छ ।
नेवीसंघ एकाइको आज सम्पन संकल्प पत्र विमोचन कार्यक्रममा बोल्दै बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले आफूले विद्यार्थी कालमा गरेको संघर्षको स्मरण गराउँदै खबरदारी र अन्यायविरुद्ध आवाज आज पनि गरेकोले देशभरिमा पहिलो संघठन भएको दाबी गरे ।