Main News Archives | Page 53 of 81 | Education Patra

Main News

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध

International, Main News
याङ्गुन । म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने बताइएको छ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ । कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले प्रतिबन्धको कदम चालेको हो । अमेरिकी राष्ट्रपति बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सुकीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गर्नुृ भएको छ । मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्ष
ललितानिवास काण्डका मुख्य याेजनाकार शोभाकान्त ढकाललाई सदरखोर डिल्लीबजार पठाइयो

ललितानिवास काण्डका मुख्य याेजनाकार शोभाकान्त ढकाललाई सदरखोर डिल्लीबजार पठाइयो

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । विशेष अदालतले ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तका रुपमा रहेका शोभाकान्त ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ । उहाँलाइ सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताउनुभयो । ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडेको थियाे । विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता  पाण्डेयले जानकारी दिनुभयो । ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ ।  
हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान

हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान

Banner News, International, Main News
जनादेश नेपाल, काठमाण्डौ । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ ।हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए । उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय रैनी र तपोवन क्षेत्रमा रहेका सडकमा कार्यरत मजदुर तथा तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसनका कर्मचारी बढीजसो बेपत्ता छन् । ‘मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको हो,’ पाण्डेयले फोनमा भने, ‘पहिचान खुलेका मृतक कामदारहरू कालीकोट र जुम्ला जिल्लाका छन् ।’ ‘टोकन नम्बर’ का आधारमा पत्ता लागेका म
फेरि बढ्यो पेट्रोलियमको मूल्य, बढ्यो खाना पकाउने ग्यासमा पनि

फेरि बढ्यो पेट्रोलियमको मूल्य, बढ्यो खाना पकाउने ग्यासमा पनि

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो। बुधबार साँझ निकालिएको सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ। निगमले हवाई इनधनको मूल्य भने यथावत कायम राखेको जनाएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य बढाउनुपरेको भन्दै निगमले यसरी मूल्य नबढाए पाक्षिक रुपमा ९७.७५ करोड घाटा हुने जनाएको छ।
बुधबारको प्रदर्शनपछि प्रचण्ड–माधव समूहले स्वेतपत्र जारी गर्ने

बुधबारको प्रदर्शनपछि प्रचण्ड–माधव समूहले स्वेतपत्र जारी गर्ने

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले बुधबारको प्रदर्शनपछि स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । संसद् विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले संयुक्त आन्दोलनका लागि स्वेतपत्र जारी गर्ने तयारी गरेको हो । ‘भोलिको जनप्रदर्शनपछि स्वेतपत्र जारी गर्ने गरी नागरिक अगुवाहरुसँग छलफल गर्दैछौं’, विष्णु रिजालले भने । उनका अनुसार, स्वेतपत्रमा उल्लेख गर्नुपर्ने विषयहरु नागरिक अगुवाहरुकै सुझावमा तयार पारिने भएको छ ।
हिमपहिरोका कारण भारतमा २६ को मृत्यु, १८० अझै बेपत्ता

हिमपहिरोका कारण भारतमा २६ को मृत्यु, १८० अझै बेपत्ता

Banner News, International, Main News
नयाँ दिल्ली ।भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीहरुले बेपत्ता भएका व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् । मृतक तथा बेपत्ता भएकाहरु भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीहरुको भनाई छ । दुई ओटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनम
भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर : नेकपा क्रान्तिकारी माओवादी

भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर : नेकपा क्रान्तिकारी माओवादी

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । नेकपा क्रान्तिकारी माओवादीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । मंगलबार प्रवक्ता प्रतीकले विज्ञप्ति निकालेर बारसम्बार यस्ता घटना बढ्दै जानुले सरकार संवेदनहीन बन्दै गएको पुष्टि हुने बताएको छ । ‘यस घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ’ क्रान्तिकारी माओवादीले भनेको छ ।
लिड्स इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र

लिड्स इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र

Main News
लन्डन — प्याट्रिक बामफोर्डले गरेको आफ्नो खेल जीवनको सयौं गोलमा लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–० को जित निकालेको छ । यो जितपछि लिड्स अंक तालिकाको शीर्ष दसभित्र पनि पुगेको छ । ज्याक ह्यारिसनको गोलले अग्रता लिएको लिड्सका लागि २७ वर्षीय खेलाडी बामफोर्डले दोस्रो गोल थपे । उनले लिड्सका लागि ३८ गोलसँगै एमके डोन्सका लागि २१, डर्बीका लागि आठ र मिडल्ब्रोका लागि ३८ गोल समावेश छ ।
संविधान रक्षार्थ शहिद बेपत्ता परिवार सडकमा (फोटोचिफर)

संविधान रक्षार्थ शहिद बेपत्ता परिवार सडकमा (फोटोचिफर)

Banner News, Main News, Photo News
काठमाडौं, २६ माघ । शहिद बेपत्ता योद्धा परिवार, बाग्मती प्रदेशले आज प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा धर्ना दिएको छ । उनीहरुले ‘शहिदहरुको रगतले लेखिएको संविधानको रक्षार्थ सम्पूर्ण शहिद तथा बेपत्ता योद्धा परिवारहरू एकजुट होऔं । प्रतिगामी कदमको भण्डाफोर गरौं’ लेखिएको ब्यानरसहित आज काठमाडौंको माईतीघरमा धर्ना दिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे  
नेप्से परिसूचक हालसम्मकै उच्च, बैंकमा ‘सिफ्ट’ हुँदै लगानीकर्ता

नेप्से परिसूचक हालसम्मकै उच्च, बैंकमा ‘सिफ्ट’ हुँदै लगानीकर्ता

Banner News, Main News
जनादेश नेपाल, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा उल्लास छाएको छ । आइतबार ४६ अंकले बढेको सेयर बजार सोमबार ३७ अंक भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ४८ अंकलेब ढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंक्मा पुगेको छ । यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो । आइतबारमात्रै नयाँ किर्तिमान कायम भएकोमा त्यसलाई तोड्दै पुनः नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ । दिनभर भएका ८७ हजार ७ सय ९३ कारोबारबाट २०५ कम्पनीका १ करोड ९१ लाख ६८ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ११ करोड १० लाख ९५ हजार ९ सय ४८ रुपैयाँ पुगेको छ । सोमबारको कारोबार हेर्दा लगानीकर्ताहरु अब बैंकतिर आकर्षित भएको देखिन्छ । लघुवित्तका लगानीकर्ताहरुले धेरै कमाउदा बैंकतर्फ पनि राम्रै सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै