Main News Archives | Page 54 of 81 | Education Patra

Main News

उद्योग वाणिज्य महासंघमा स्थल यातायात तथा पारवहन समिति विस्तार

उद्योग वाणिज्य महासंघमा स्थल यातायात तथा पारवहन समिति विस्तार

Banner News, Main News
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीकोे सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ । समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टच र राजेश कुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एशोसिएशनका द्वितिय उपाध्यक्ष नरेशकुमार अग्रवाल चयन भएका छन् । त्यसैगरी समितिका सद्र्रस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएनका अध्यक्ष रितेश लामिछाने, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वाडर्स एसोसिएनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी चयन भएका छन् । समितिका आमन्त्रितहरुमा भने, महासंघको कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, मेची उद्योग वाणिज्य संघका दिपेन्द्रराज पाण्
भाडा नबुझाउने बन्द उद्योगको सामान जफत

भाडा नबुझाउने बन्द उद्योगको सामान जफत

Main News
लहान । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय राजविराज सप्तरीले लामो समयसम्म भाडाबापतको रकम नबुझाउने उद्योगको समान जफत गरी असूली गर्ने प्रक्रिया शुरु गरेको छ । औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिए पनि लामो समयदेखि उद्योग सञ्चालन नगरेको र भाडाबापतको रकमसमेत नतिरेपछि कृष्णा खाद्य उद्योग र पदमा ज्योति प्लाष्टिक उद्योगको समान जफत गरी भाडाबापतको रकम असुल्ने प्रक्रिया शुरु गरेको हो । वर्षाैदेखि उद्योगको नाममा सेड भाडामा लिएर उद्योग सञ्चालन नगरी कब्जामा राख्ने र भाडासमेत नबुझाउने प्रवृत्ति बढेपछि कारवाही गरी सेड खाली गराइएको तथा सामानसमेत लिलाम गर्ने प्रक्रिया अघि बढाइएको औद्योगिक क्षेत्रका प्रमुख दीपक आचार्यले जानकारी दिनुभयो । खाली गराइएका सेडमा नयाँ उद्योग सञ्चालनका लागि प्रक्रियासमेत शुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

Banner News, Main News
काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “सेवाग्राहीले अनुकूल समयमा फारम भर्न सक्नुहुन्छ ।” कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत प
वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि

Banner News, Main News
पर्सा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताउनुभएको छ । उहाँले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पार्नुभयो । कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन दुवै मध
उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आउँदा नौको मृत्यु, दर्जनौँ बेपत्ता

उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आउँदा नौको मृत्यु, दर्जनौँ बेपत्ता

Banner News, International, Main News
पूर्व मेदिनीपर, पश्चिम बङ्गाल । उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र अहिलेसम्म नौजना मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ । उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन् । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पु¥याएको भिडियोहरूमा देखिन्छ। हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताउनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ,
किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित

किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित

Main News
रामबहादुर थापा, बागलुङ । ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् । ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । उहाँका अनुसार फलफूल खेतीमा सङ्घीय सरकार, गाउँपालिका र किसानको समेत लागत साझेदारी छ । किसानले विभिन्न ठाउँमा गरी छ हजार ८०० ओखर, एक हजार ६०० किबी र ५०० बदामका बिरुवा लगाएका छन् । सात सय ५० हेक्टरमा ओखरखेती गरिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो । टर्कीबाट ल्याइएका दाँते ओखरका कलमी बिरुवा दुई हजार ८०० र नेपालमै खरिद गरिएको चार हजार बिज
संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

Banner News, Main News
जनादेश नेपाल, काडमाण्डौ । सर्वोच्च अदालतले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलाशले नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाऊ आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाई नगरी गरिएको नियुक्तिलाई गैरसंवैधानिक भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, संवैधानिक परिषदलाई विपक्षी बनाइएको थियो । ३० मंसिरमा संवैधानिक परिषदले नयाँ अध्यादेशमार्फत बैठक बसी नियुक्तिको सिफारिश गरेका ३२ जनाको नाम ५ पौषमा प्रतिनिधि सभा विघटनभन्दा केही मिनेट अघि सुनुवाईका लागि प्रतिनिधि सभामा निवेदन दर्ता गरेको थियो । तर, सभामुखले जस्ताको तस्तै फिर्ता गरेका थिए । तर, ४५ दिन सुनुवाई हुन नसकेपछि स्वतः
नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने चीनको घोषणा

नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने चीनको घोषणा

Banner News, Main News
जनादेश नेपाल, काडमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । सो क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन  नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार टेलिफोन कुराकानीका क्रममा कोरोना भ्याक्सिन उपलब्ध गराउन चीनले नेपाललाई प्राथमिकतामा राखेको पनि विदेशी मन्त्री वाङले बताएका थिए । जबाफमा मन्त्री ज्ञवालीले चिनियाँ सरकारलाई धन्यवाद दिँदै वैश्विक माहामारी नियन्त्रणमा चीनले देखाएको चासो र सक्रियताको सरहाना गरेका थिए । सो क्रममा नेपाल र चीनबीच दुई पक्षीय चासोका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ । यसअघि चिनियाँ दूतावासले नेपाललाई अनुदानमा ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेकोमा विदेश मन्त्रीले ५ लाख दिने घोषणा गरेक