Main News Archives | Page 56 of 81 | Education Patra

Main News

प्रचण्ड–माधव पक्षको आमहड्ताल : उपत्यकामा पक्राउ पर्नेको संख्या ७१ पुग्यो

प्रचण्ड–माधव पक्षको आमहड्ताल : उपत्यकामा पक्राउ पर्नेको संख्या ७१ पुग्यो

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले रातोपाटीलाई बताए । कलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ । बन्द गराउन सड्कमा निस्केर तोडफोडमा उत्रिएकालाई नियन्त्रणमा लिइएको एसपी राठौरले बताएका छन् । आमहड्ताल गराउन शान्तिबाटीकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह निस्केको छ । सातदोबाटोमा द
कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड–माधव पक्षका कार्यकर्ता पक्राउ

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड–माधव पक्षका कार्यकर्ता पक्राउ

Banner News, Main News
काठमाडौं उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेतृ अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता- कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकोबेला पक्राउ परेका हुन् । प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।  
प्रधानन्यायाधीश भोलि आम हड्ताल भन्ने छ, आउने अवस्था छ कि छैन?: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश भोलि आम हड्ताल भन्ने छ, आउने अवस्था छ कि छैन?: प्रधानन्यायाधीश

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । बिहीबार सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले आम हड्ताल घोषणा गरेको सुन्नमा आएको भन्दै प्रधानन्यायाधीशले मुद्दाका पक्षलाई भोलि आउन सक्नुहुन्छ भनी सोधे । बुधबारको इजलासको अन्त्यमा उनले नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई सोधे ‘भोलि आम हड्ताल भन्ने कुरा आयो, आउन सकिने अवस्था छ कि छैन ?’ पाण्डेयले आफूहरु आउन सक्ने बताए । त्यसपछि प्रधानन्यायाधीश जबराले भने ‘हामी त यहाँ आइहाल्छौं, तपाईहरु त आइहाल्नुहुन्छ, त्यसमा केही व्यवस्था गर्नुपर्ने छ र ?’ मुद्दाका पक्षहरु अदालत आउने बताएपछि जबराले भोलि पनि संसद विघटनको मुद्दामा बहस हुने भएको छ । नायब महान्यायाधिवक्ता पाण्डेयको बहस नसकिएकाले बिहीबार पनि उनले नै बहस गर्नेछन् ।  
चुनाव गराउन निर्वाचन आयोगलाई ७ अर्ब चाहियो

चुनाव गराउन निर्वाचन आयोगलाई ७ अर्ब चाहियो

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्ने निर्णयसमेत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड-१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ । ‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् । आयोगले कोभिड-१९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ
अख्तियारका आयुक्त गणेशराज जोशीले  किन दिए राजीनामा ?

अख्तियारका आयुक्त गणेशराज जोशीले किन दिए राजीनामा ?

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले अनलाइनखबरसँग भने, ‘राजीनामा दिएर म आयोगबाट विदा भइसकेँ ।’ यद्यपि उनले राजीनामा दिनुको कारण खुलाउन चाहेनन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी आयुक्त जोशीले राष्ट्रपतिसमक्ष राजीनामा दिएको जानकारी दिएका छन् । यसअघि बुधबार विहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन् । प्रमुख आयुक्त राईले बुधबार नै पदभार सम्हालिसकेका छन् । राई पदभार ग्रहणका लागि पुग्दा आयुक्त सावित्री था
संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ ग्रहणप्रति काँग्रेसको विमति

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ ग्रहणप्रति काँग्रेसको विमति

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । नेपाली काँग्रेसले  संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहणप्रति विमति जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्विट गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणमा काँग्रेसको विमति रहेको जानकारी दिए । संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका थिए । सभामुख र प्रतिपक्षी दलका नेताको उपस्थित वेगर गत ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो । सरकारका यी कदमले संसद् विघटनको विरोधमा सरकारविरुद्ध जारी सडक आन्दोलनलाई अझै घनिभूत बनाइने शर्माले बताए । उनले लेखेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरितको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर
प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तलाई इजलासमा प्रश्नैप्रश्न

प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तलाई इजलासमा प्रश्नैप्रश्न

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । प्रतिनिधिसभा विघटनको पक्षमा सरकारका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले बुधबार संवैधानिक इजलासमा अनेक प्रश्नको सामना गरेका छन् । प्रतिनिधिसभा विघटनका लागि संविधानले प्रधानमन्त्रीलाई विशेषअधिकार दिएको जिकिर गरेका पन्तलाई न्यायाधीश अनिलकुमार सिन्हाले संविधानको कुन धारामा प्रधानमन्त्रीलाई त्यस्तो अधिकार छ भनेर प्रश्न गरे । जवाफमा वरिष्ठ अधिवक्ता पन्तले संविधानको धारा ७४ मा प्रधानमन्त्रीलाई त्यस्तो विशेषाधिकार रहेको दावी गरे । इजलासबाट पन्तलाई फेरि प्रश्न सोधियो– प्रधानमन्त्री संविधानको धारा ७६ को उपधारा १ अन्तर्गतको हो कि उपधारा २ अन्तर्गत ? बहुमत प्राप्त दलको नेताका रुपमा कहिले प्रधानमन्त्री भएको ? जवाफमा पन्तले भौतिक रुपमा उपस्थिति भएको व्यक्तिलाई परिचयपत्र रहेनछ भनेर अस्वीकार गर्न नसकिने तर्क गरे । संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनक
नागरिक आन्दोलनले टुँडीखेलमा घोषणापत्र सार्वजनिक गर्ने

नागरिक आन्दोलनले टुँडीखेलमा घोषणापत्र सार्वजनिक गर्ने

Main News
जनादेश नेपाल, काठमाण्डौ । बृहत् नागरिक आन्दोलनले फागुन ७ गते टुँडीखेलमा नागरिक घोषणापत्र सार्वजनिक गर्ने भएको छ । शोभाभगवतीमा मंगलबार सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिक अघि गरिएको कार्यक्रममा पत्रकार तथा लेखक नारायण वाग्लेले घोषणापत्र सार्वजनिक गरेपछि नयाँ आन्दोलनको उभार आउने बताए । शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु र धर्मभक्त माथेमालाई फासी दिइएको सिफलचौरमा आन्दोलनका कार्यक्रम गरेर मंगलबार नागरिक आन्दोलन शोभाभगवती पुगेको थियो । नागरिक अगुवा वाग्लेले चार जनाको शहादत र हजारौं नेपालीको योगदानपछि ७० वर्षअघि प्राप्त प्रजातन्त्रको इतिहास पुनर्व्याख्या गर्दै कहाँ-कहाँ नागरिक अधिकार दमन र कुन्ठित गरियो भनेर पुनर्प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए । उनले शासकहरु सेवक हुनुपर्नेमा कसरी शोषक भए भन्ने प्रश्नसमेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपती मन्दिरस
पशुपति विकास कोषले गोठाटारमा हिन्दु विश्वविद्यालय सञ्चालन गर्ने

पशुपति विकास कोषले गोठाटारमा हिन्दु विश्वविद्यालय सञ्चालन गर्ने

Main News
जनादेश नेपाल, काठमाण्डौ । काठमाडाैंको कागेश्वरी मनोहरास्थित गोठाटार मा पशुपति क्षेत्र विकास कोषले विश्व हिन्दु विश्वविद्यालय निर्माण गर्ने भएको छ। विकास कोषको ५ सय ३४ रोपनीमध्ये १ सय ५० रोपनी जग्गामा हिन्दु विश्वविद्यालय निर्माण गर्ने लागेको हो। विश्वविद्यालयमा संस्कृत भाषा,संस्कृत वाङ्मय,पूर्वीय दर्शन, शास्त्रीय संगीत र नेपाली धर्म संस्कृतिबारे अध्ययन गराइने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। सचिव डा.ढकालले भने, 'यहीँ वर्ष विश्वविद्यालयको शिलान्यास हुन्छ। विश्वविद्यालयको डिपिआर तयार भइसकेर अन्तिम चरणमा पुगेको छ।' सम्पूर्ण डकुमेन्ट तयार भएपछि यसको कति लागत लाग्ने त्यसको फाइनल गर्ने उनले जानकारी दिए। बाँकी ३ सय ८४ रोपनी जग्गामा पशुपति अस्पताल, पशुपति वृद्धाश्रम,पशुपति गौशाला र पशुपति उद्यान सञ्चालन गर्ने भएको हो। पशुपतिमा चढाएको भेटीको १० प्
नेप्से परिसूचक ६५ अंकले बढ्यो, कसले कमाए, कसले गुमाए ?

नेप्से परिसूचक ६५ अंकले बढ्यो, कसले कमाए, कसले गुमाए ?

Main News
जनादेश, काठमाडौं । साताको तेस्रो कारोबार सेयर बजार ६५ अंक भन्दा धेरैले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७घ दशमलव ७३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ । मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ । दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ४२ करोड २८ लाख ६६ हजार ८ सय २७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । मंगलबार सबैभन्दा धेरै बिमा समूह र लघुवित्त लगानीकर्ताहरुले कमाएका छन् । निर्जिवन बिमा समूह ५ अंक् भन्दा धेरैले बढेको छ भने लघुवित्त ३ दशमलव ८ प्रतिशत भन्दा धेर