Main News Archives | Page 58 of 81 | Education Patra

Main News

वाग्मती प्रदेशसभाः बैठक बोलाउन सभामुखसँग माग

वाग्मती प्रदेशसभाः बैठक बोलाउन सभामुखसँग माग

Main News
वाग्मती, १९ माघ । आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् । प्रदेशसभा सदस्यले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको उक्त समूहको आरोप छ । नाराबाजीअघि नेकपा दाहाल–नेपाल समूहको संसदीय दलले पत्रकार सम्मेलन गरी बैठक स्थगनको विरोध गरेको थियो । पत्रकार सम्मेलनमा अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका रुपमा प्रस्तावित शाक्यले सभामुख सानुकुमार श्रेष्ठ सरकारको लाचार छाया बनेको आरोप लगाउनुभयो । प्रदेशसभा सदस्य शाक्यले सबै सदस्य बैठकमा भाग लिन हेटौँडा आइसकेपछि राति विद्यु
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

Main News
जनादेश नेपाल, काठमाण्डौ । ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो । वडा नं १५ का तर्फबाट फुटसलका खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनुभएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की र साहिल रानाले प्रतिष्र्धा गर्नुभएको थियो । नगरपालिकाको सर्वाधिक राशिको सो अन्त्यन्त रोमञ्चकारी प्रतिष्पर्धामा वडा नं १४ ले दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पा¥यो । वेष्टर्न युनाइटेड क्लबले संयोजन गरेको सो प्रतिष्पर्धामा नगरपालिकाभित्रका १५ वडाका ३२ टिम मैदानमा उत्रेका थिए भने खेल अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइएक
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

Banner News, Main News, School Education
जनादेश नेपाल  । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि दुईपक्षीय सम्झौता भएको  छ। शुक्रबार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्नु यस सम्झौताको मुख्य उद्देश्य रहेको सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौता पश्चात दुई विश्वविद्यालयबीच विशेष गरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु आदान÷प्रदान हुनेछन् । दुवैै विश्वविद्यालयले सामुहिक रुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडि बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ । त्यसैगरी विभिन्न लेक्चर तथा गोष्ठीहरु आयोजना गरिनेछन् भ