Main News Archives | Page 7 of 81 | Education Patra

Main News

सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ: मन्त्री शर्मा

सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ: मन्त्री शर्मा

Main News
एजुेकशनपत्र, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइएजेसन, नेपाल (प्याब्सन) काठमाडौँ जिल्ला शाखाद्वारा आयोजित ‘एसइई (२०७९) सम्मान कार्यक्रम–२०८०’लाई सम्बोधन गर्दै उहाँले सङ्घीय शिक्षा ऐन अहिले मन्त्रिपरिषद्बाट पास भएर संसद्मा दर्ता हुने प्रक्रियमा रहेको जानकारी दिनुभयो । “हाम्रो शिक्षा ऐन परिवर्तन गर्न नसकेर लामो समय गुज्रिएको थियो र २०२८ सालको शिक्षा ऐनबाट २०८० सालका विद्यार्थीलाई पढाउनुपर्ने यो अवस्था बनेको थियो, अब त्यसको अन्त्य हुँदैछ, २०२८ सालको शिक्षा ऐन परिवर्तन गर्नुपर्ने थियो र त्यो परिवर्तन हुँदैछ, शिक्षा ऐन आउनु नै ठूलो कुरा हो”, सरकारका प्रवक्ता शर्माले भन्नुभयो । मन्त्री शर्माले नेपालको संविधानले शिक्षा र स्वास
नास्टको उपकुलपतिमा प्राध्यापक सुब्बा नियुक्त

नास्टको उपकुलपतिमा प्राध्यापक सुब्बा नियुक्त

Main News
एजुेकशनपत्र, काठमाण्डौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा प्राध्यापक डाक्टर दिलीप सुब्बा नियुक्त भएका छन् । सिफारिस समितिबाट सिफारिस भएका प्राडा सुब्बालाई प्रधानमन्त्री एवं नास्टका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहालले उनियुक्त गरेका हुन् । उपकुलपतिको कार्यकाल ४ वर्ष हुने व्यवस्था छ । यसअघि असार तेस्रो साता कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्राडा सुब्बालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । नास्टमा उपकुलपति नभएको अवस्थामा कुलपतिले निमित्त उपकुलपति तोक्न सक्ने प्रावधान छ । सोही व्यवस्थाबमोजिम प्रा सुब्बालाई निमित्त तोकिएको थियो । नास्टका पूर्वसचिव (२०६३ देखि २०६७सम्म) काम गरिसकेका प्रा सुब्बा नास्टका हरेक विषय र गतिविधिका जानकारसमेत छन् । सुब्बा धरानस्थित केन्द्रीय खाद्य प्रविधि विभाग स्थापना गर्न महत्वपूर्ण योगदान गरेका प्राज्ञको
विद्यालय शिक्षा ऐनको मस्यौदाका मुख्य विषय, जसले ल्याएको छ तरङ्ग

विद्यालय शिक्षा ऐनको मस्यौदाका मुख्य विषय, जसले ल्याएको छ तरङ्ग

Main News, School Education, Uncategorized
काठमाडौँ । लामो समयपछि शिक्षा ऐन ल्याउन सरकार तत्पर देखिएको छ । २०२८ सालकै ऐनको भरमा चलिरहेको शिक्षा संरचना अबको केही समयपछि नयाँ ऐन अनुसार जानेछ । त्यसका लागि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदालाई सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको थियो । केही दिनभित्र सरकारले उक्त मस्यौदा संसद्मा पेस गर्नेछ । शिक्षा मन्त्रालयले उक्त ऐनको मस्यौदा निकै गोप्य तरिकाले बनाएको थियो । यद्यपि अनौपचारिक माध्यमबाट मस्यौदा सार्वजनिक भइसकेको छ । मस्यौदा सार्वजनिक भएसँगै शिक्षा क्षेत्रका सरोकारवाला निकायले यसको समर्थन र आलोचना दुवै गर्दै आएका छन् । अस्थायी, राहत तथा करार शिक्षक कर्मचारीले मस्यौदा आफ्नो पक्षमा नरहेको भन्दै आन्दोलनको घोषणा नै गरेका छन् । उनीहरूले देशभरबाट शिक्षक कर्मचारीहरूलाई काठमाडौँ बोलाउन थालेका छन् भने सडक आन्दोलनको चेतावनी दिइरहेका छन् । अर्कोतिर मस्यौदामा थुप्रै
अवकाशपछि पनि पद छाड्न इन्कार गर्दै सीटीईभीटीका सदस्यसचिव सदस्यसचिव जीवनारायण काफ्ले

अवकाशपछि पनि पद छाड्न इन्कार गर्दै सीटीईभीटीका सदस्यसचिव सदस्यसचिव जीवनारायण काफ्ले

Main News
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्यसचिव जीवनारायण काफ्ले कानुनविपरीत आफ्नो कार्यकाल चार वर्ष रहेको भन्दै शक्ति केन्द्र धाउन थाल्नुभएको छ । उमेर हदका कारण साउन ४ गतेबाट अवकाश पाउनुपर्ने सदस्यसचिव काफ्लेले उक्त गतिविधिले परिषद्को ऐन र नियमावलीलाई धज्जी उडाएको छ । सीटीईभीटी ऐनको परिच्छेद १२ को दफा १३० अनिवार्य अवकाश शीर्षकको उपदफा १ मा ५८ वर्ष पूरा भएपछि कर्मचारीले सेवाबाट अनिवार्य अवकाश पाउने उल्लेख छ । सोही दफाको उपदफा २ मा परिषद् कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी नियमावलीमा अनिवार्य अवकाशको उमेर ६० वर्ष भएका बखत परिषद सेवामा स्थायी नियुक्ति पाएका कर्मचारी उपनियम १ बमोजिम स्वतः अनिवार्य अवकाश प्राप्त गर्दा निजको उपदान तथा अन्य सेवा सुविधाको गणना गर्ने प्रयोजनसम्मका लागि ६० वर्ष पूरा हुन बाँकी २ वर्ष अवधि थप गरी निजको जम्मा सेवा अवधि कायम
सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

Employment, From Today's Newspaper, Main News
एजुेकशनपत्र, काठमाण्डौं । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो । आव २०७५/७६ मा वैदेशिक रोजगारीमा जान पाँच लाख आठ हजार ८२७ जनाले श्रम स्वीकृति लिएकामम ३५ प्रतिशत दक्ष रहेको पाइएको छ । आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकामा दक्ष जनशक्तिको सङ्ख्या पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) रहेको छ । यो सङ्ख्या हेर्दा आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा १९ प्रतिशत बढेको देखिन्छ । दुई वर्षको तथ्याङ्कबाट पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि गर्छ । यस्तै आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख
विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँ : प्रधानमन्त्री

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँ : प्रधानमन्त्री

Main News
एजुेकशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशित गर्नुभएको छ । मङ्गलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले राज्यको सीमितता र स्रोतसाधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको कार्य अगाडि बढाउन निर्देशिन दिनुभएको हो । बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘राज्यको स्रोतसाधनको सीमितता, विश्वबजारको प्रभावका बाबजूद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्न सकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्तहरू छन् । तसर्थ, विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचन
राहत शिक्षकहरूले गरे सडक आन्दोलन गर्ने घोषणा

राहत शिक्षकहरूले गरे सडक आन्दोलन गर्ने घोषणा

Main News
एजुेकशनपत्र, काठमाण्डौं  । संघीय शिक्षा ऐनको मस्यौदामा आफूहरूमाथि विभेद गरिएको भन्दै राहत शिक्षकहरूले सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । आज भरखरै सम्पन्न नेपाल राहत शिक्षक आन्दोलन परिचालन समितिको बैठकले सशक्त सडक आन्दोलन गर्ने निर्णय गरेको हो। समितिका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले साउन १८ गते स्पेसल टास्क फोर्सका सम्पूर्ण सदस्यलाई काठमाडौँ बोलाउने निर्णय गरेको छ। त्यस्तै साउन २० गते नेपाल राहत शिक्षक केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको छ। ऐनको मस्यौदा अध्ययन गर्दा राहत शिक्षकहरूका माग र विभिन्न समयमा भएका सम्झौता र सहमति विपरीत पेसाको स्थायित्वको सवालमा चरम विभेद गरेको उनीहरूको आरोप छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा संसदमा पेस गर्ने निर्णय गरेको थियो।
कक्षाकोठामै पटक-पटक यौन दुर्व्यवहार गर्ने  शिक्षकविरुद्ध छात्राहरुद्धारा  प्रहरीमा किटानी जाहेरी दर्ता

कक्षाकोठामै पटक-पटक यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध छात्राहरुद्धारा प्रहरीमा किटानी जाहेरी दर्ता

Main News
एजुेकशनपत्र, काठमाण्डौं । पनौती नगरपालिका– २ मा अवस्थित कुशादेवी माध्यमिक विद्यालयका शिक्षक छविरमण गौतमविरुद्ध ११ छात्राहरूले सामूहिक रूपमा इलाका प्रहरी कार्यालय बनेपामा किटानी जाहेरी दिएका हुन्। बुधबार, बेलुकीमा जाहेरी परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। उनका अनुसार जाहेरी दर्ता भएर आवश्यक प्रक्रिया अघि बढिसकेको छ। विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको पदाधिकारी र अभिभावकको रोहबरमा किटानी जाहेरी प्रहरीले दर्ता गरेको हो। गणित विषयका शिक्षक गौतमले पटक-पटक छात्राहरुमाथि यौन दुर्व्यवहार गर्दै आएको बताइएको छ। यसअघि पनि उनलाई यस्तै प्रकृतिको घटनामा माफी माग्न लगाएर उन्मुक्ति पाएको स्थानीयले बुधबार वडामा भएको भेलामा बताएका थिए। घटना भएको ५ दिनपछि किटानी जाहेरी दर्ता भएको हो। कक्षा १० मा पढ्ने छात्राहरूले गत शुक्रबार विद्यालयम
संघीय शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

संघीय शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

Main News, Special News Highlights
एजुेकशनपत्र, काठमाण्डौं ।  सरकारले बहुप्रतीक्षित संघीय शिक्षा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पठाउन स्वीकृति दिने निर्णय गरेको हो । प्रधानमन्त्री नियुक्त भएपछि शिक्षा मन्त्रालयसमेत सम्हालेका पुष्पकमल दाहालले विधेयक सहमतिका लागि अर्थ र कानुन मन्त्रालय पठाएका थिए । गत चैतमा अशोक राई शिक्षामन्त्री नियुक्त भएपछि कानुन मन्त्रालयबाट विधेयकले सैद्धान्तिक सहमति प्राप्त गरेको थियो । अर्थ र कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि गत साता मन्त्रिपरिषद्को विधेयक समितिले त्यसलाई पारित गरेको थियो । ५२ वर्षअघि जारी भएको शिक्षा ऐनलाई विस्थापित गर्ने गरी संघीय संरचनाअनुसारको शिक्षा विधेयक अघि बढाउने निर्णय मन्त्रिपरिषद्बाट भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री
सीटीईभीटीको मनपरी- आयोगको निर्णयविपरीत भर्ना खोलेका कलेज अन्योलमा

सीटीईभीटीको मनपरी- आयोगको निर्णयविपरीत भर्ना खोलेका कलेज अन्योलमा

From Today's Newspaper, Main News
ईश्वरराज ढकाल, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखुसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको विवादले उग्र रूप लिएको छ । ५८ वर्षे उमेर हदका कारण दुई वर्षे कार्यकाल सकेर बिदा हुनुपर्ने सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेमाथि पुनः कामचलाउको हैसियतमा रहेर आयोगको निर्णयविपरीत ‘सेटिङ’बाट करिब ५४ वटा कलेजको सिट निर्धारण गरी अपग्रेडिङ गरेको आरोप लागेको छ । सीटीईभीटीका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘अधिकांश योजना सदस्यसचिवबाटै हुने गरेको छ । उहाँले ‘सेटिङ’ गरी कलेजको सिट निर्धारण र अपग्रेडिङ गर्न स्वीकृत दिनुभएको हो ।’ निजी कलेज र केही कर्मचारीको मिलोमतोमा आर्थिक चलखेल गरी कलेजको सिट निर्धारण र पठनपाठन स्वीकृति दिएको खुलेको पनि सदस्य सचिव काफ्लेले सिट निर्धारण र कलेजलाई सम्बन्धन दिए