Main News Archives | Page 75 of 81 | Education Patra

Main News

बेँसीशहर–चामे सडक अवरुद्ध

बेँसीशहर–चामे सडक अवरुद्ध

Main News
लमजुङ, रासस जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाले आज बिहान पहिरो जाँदा सो स्थानमा सडक अवरुद्ध भएको हो । लमजुङ –मनाङको एक मात्र यस सडकखण्डको च्याम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो । उहाँका अनुसार सो स्थानमा सडक माथिबाट पहिरो खस्दा करीब २० मिटर सडक अवरुद्ध भएको छ । ठूल्ठूला ढङ्गासहितको पहिरो पन्छाउन समय लाग्ने उहाँको भनाइ छ । सो पहिरो एक्साभेटरले हटाउने तयारी भएको र समय लाग्ने भएको छ । सो स्थानबाहेक सडकखण्डअन्तर्गत गाउँपालिकाको रामबजारमा समेत गएको पहिरो भने हटाइसकेको छ । अन्य स्थानमा समेत सानासाना पहिरो गएको र सवारीसाधन सञ्चालन हुन सक्ने भए पनि च्याम्चेको पहिराले सञ्चालन हुन नसकेको इ अधिकारीले बताउनुभयो । पैँसठ्ठी किमीको सो स
कोरोना प्रभावित कृषकलाई चार महिनाको ब्याज अनुदान

कोरोना प्रभावित कृषकलाई चार महिनाको ब्याज अनुदान

Main News
जनकपुरधाम, (रासस)ः प्रदेश नं २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान दिइएको हो । सो नीतिअनुरूप जिल्लाका ६ हजार ७८१ कृषकलाई जनकपुरधाममा राहत अनुदान प्रदान गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले वित्तीय संस्थालाई शनिबार कृषकको अनुदान रकमको चेक हस्तान्तरण गर्दै कोरोना प्रभावित प्रदेशका आठ जिल्लाका ८० हजार कृषकलाई राहतस्वरूप ब्याज अनुदान दिइने योजना रहेको बताउनुभयो । पहिलो चरणमा ५० हजार कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिने जनाइएको छ । यसअघि सरकारद्वारा महोत्तरी जिल्लाका ६ हजार ६ सय कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिएको थियो ।
ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो (नामावली सहित)

ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो (नामावली सहित)

Main News
बासुदेब गिरी प्यूठान । गएराती प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । स्वर्गद्वारीको धरम्पानीबाट भिंगृ आउँदै गरेको ट्याक्टर नगरपालिका वडा नं. ३ रुमालेमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रोल्पाका रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षिय सागर वस्नेत, २४ वर्षिय रिम वहादुर वस्नेत, १९ वर्षिय विरेन्द्र वाठा मगर, १९ वर्षिय थमन वाठा मगर,े गोर्वधन वुढामगर, २५ वर्षिय कविराम वस्नेत रहेका छन् । त्यस्तै ट्याक्टर चालक त्रिवेणि गाउँपालिका निवासी अन्दाजी २५ वर्षिय कमल कुवरको पनि मृत्यु भएको प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु पौडेलले जानकारी दिएका छन् ।
ठोरीको सीता गुफा नजिकै उखेलेर फालेको सीमा स्तम्भ पुनः गाडियो

ठोरीको सीता गुफा नजिकै उखेलेर फालेको सीमा स्तम्भ पुनः गाडियो

Main News
जनादेश, पर्सा । पर्साको ठोरी गाँउपालिका– २ स्थित सीता गुफा नजिकै अज्ञात समूहले उखेलेर फालेको नेपाल भारत सीमास्तम्भ पुनः गाडिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, ठोरी गाँउपालिकाका जनप्रतिनिधीलगाएत भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे सीमास्तम्भ गाडिएको हो । ४३६ नम्बरको पिल्लर गाडिएको स्थानभन्दा ५ मिटर भारततर्फको भुभागमा उखेलेर फालिएको थियोे । प्रधामन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएका अभिव्यक्ति दिए लगत्तै भारतमा चर्को आलोचना भएको थियो । यस्तै, ठोरीवासीले भने त्यहाँ उत्खनन हुनुपर्ने जनाउँदै धन्यवाद ज्ञापन गरेका छन् ।
ठेक्का टेण्डरको अनियमितताप्रति ध्यानाकर्षण

ठेक्का टेण्डरको अनियमितताप्रति ध्यानाकर्षण

Main News
गण्डकी : नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न सञ्चार माध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे उल्लेख भएको भन्दै यसप्रति ध्यानाकर्षण भएको प्रवक्ता नवीन सिग्देलले बताउनुभयो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिकाका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । टेण्डरसम्बन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारी माथिको अभद्र व्यवहारबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको प्रवक्ता सिग्देलले बताउनुभयो । बैठकले ३८ औँ वीपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाँडाका बाढिपहिरो प
भिटिएमको अभावले स्वाब सङ्कलन सुस्त

भिटिएमको अभावले स्वाब सङ्कलन सुस्त

Main News
महोत्तरी । पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो । “तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्”, कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भन्नुभयो, “तर, हामीसँग पर्याप्त भिटिएम नहुँदा तत्काल पिसीआर परीक्षण गरिनुपर्ने व्यक्तिको पनि स्वाब सङ्कलन गर्न सकेका छैनौँ ।” पछिल्ला केही दिनदेखि त स्वाब सङ्कलन रोकिएकै अवस्थामा पुगेको झाको भनाइ छ । जिल्लामा गत चैत तेस्रो सातादेखि क्रमशः क्वारेन्टिन केन्द्रहरु सञ्चालनमा आएका थिए । जेठको दोस्रो सातातिर भारतबाट फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा असार लाग्दासम्म क्वारेन्टिन केन्द्
विश्वमा कोरोना भाइरस संक्रमितबाट छ लाख भन्दा बढीको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमितबाट छ लाख भन्दा बढीको मृत्यु

International, Main News
जेनेभा, स्वीट्जरल्याण्ड रासस/एएफपी० ः विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८४ लाख ९५ हजार १२२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३२ हजार ८२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३७ लाख ७१ हजार १०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण
कार्यविधि सरल बनाउ ः काँग्रेस

कार्यविधि सरल बनाउ ः काँग्रेस

Main News
काठमाडौँ, रासस ः नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७७÷७८ मा पुनःकर्जा कोष विस्तार भएअनुसार यसको पूर्णउपयोग हुने वातावरण निर्माण गर्न कार्यविधि/परिपत्रहरुमार्फत् सरलीकरण गर्नुपर्ने सुझाव दिइएको छ । नेपाली काँग्रेसको ‘लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समिति’ले नयाँ मौद्रिक नीतिका सम्बन्धमा आफूले दिएका सुझावमध्ये महत्वपूर्ण केही विषय समावेश भएको उल्लेख गर्दै सो प्रतिक्रिया जनाएको हो । “कोभिड–१९ का कारण व्यवसायिक क्षेत्रमा देखिएको शिथिलता अन्त्य गर्न सहुलियत ब्याजदरमा स्रोतको उपलब्धता मौद्रिक उपायबाट दिइने वास्तविक प्रोत्साहन हुन्,” समितिका संयोजक एवं सांसद विनोद चौधरीले भन्नुभयो, “पुनःकर्जा सुविधालाई सहजीकरण गरी द्रुत र पारदर्शी विधिमार्फत् उच्चतम उपयोगमा ध्यान दिनुपर्छ ।” कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतबाट बढाएर ८
दाङमा लकडाउनको समयमा वन तस्करी र चोरी शिकार बढयो

दाङमा लकडाउनको समयमा वन तस्करी र चोरी शिकार बढयो

Main News
जनादेश संवाददाता घोराही । साउन दाङमा कोरोना रोकथामका लागि गरिएको लकडाउनमा पनि वन क्षेत्रमा गैरकानुनी कामहरु भएको पाईएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार लकडाउनमा काठ तस्कारी, चोरी शिकारी तथा अबैधरुपमा वन क्षेत्रमा सडक खन्ने काम भएको छ । लकडाउनको अबधीमा वन क्षेत्रमा १९ वटा गैरकानुनी कामहरु भएको वन कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख दीपक ज्ञवालीका अनुसार एक हजार ७ सय ५२ क्विफिट काठ बरामद भएको छ । काठ तस्करी, चोरी शिकारी र सडक खन्ने काममा संलग्न ३३ जना बिरुद्ध मुद्धा दर्ता भएको छ । ति मध्य १७ जना पक्राउ परेका छन भने ७ वटा मुद्धा दायर भएको छ । अबैधरुपमा प्रयोग भएका ४ वटा मोटरसाईकल, ३ वटा ट्याक्टर, एउटा स्काभेटर, एउटा बस समेत बरामद भएको छ भने २ वटा भरुवा बन्दुक, २७ थान गोली, सय ग्राम बारुद समेत बरामद गर्न सफल भएको कार्यालय प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । वन तस्कारी तथा
धेरै ठाउँमा झरी, भोलिदेखि ठूलो पानी पर्ने

धेरै ठाउँमा झरी, भोलिदेखि ठूलो पानी पर्ने

Main News
जनादेश संवाददाता  काठमाण्डौ। आजदेखि पानी पर्ने क्रम बढेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै र अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन सक्रिय हुन लागेकाले अब फेरि विस्तारै पानी पर्ने क्रम बढ्दै जानेछ । अहिले पानी परिरहेको ठाउँमा दिउँसोपछि पानी पर्न रोकिए पनि पूर्ण रुपमा भने मौसम नखुल्ने मौसमविद् अर्यालले बताउनुभयो । आज पनि देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँको भनाई छ ।मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि शुक्रबारसम्म नै मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ । भोलि बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना