सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य: उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
एजुेकशनपत्र, काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् ।
महोत्तरीको बर्दिवास(३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा सार्थक व्यक्तित्व निर्माणका लागि अपरिहार्य भएको बताए । उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिसको जीवनको महत्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याएका छन।
पछिल्लो समयमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक छ । हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य मान्यता र मानविय दायित्व बोध गराउनैपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
उपप्रधानमन्त्री श्रेष्ठले मुलकका जनतालाई सुशासनको अनुभूति दिन भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त ढङ्गले अघि बढाइने