Public Service Preparation Archives | Page 2 of 2 | Education Patra

Public Service Preparation

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

Public Service Preparation
समानुपातिक निर्वाचन प्रणाली १.  नेपाल बीमा प्राधिकरणको परिचय दिँदै नेपालमा बीमा क्षेत्रलाई नियमित र व्यवस्थित गर्न बीमा प्राधिकरणले निर्वाह गर्न सक्ने भूमिका उल्लेख गर्नुहोस्। नेपालमा बीमा व्यवसायको नियमनकारी निकायका रूपमा बीमा ऐन, २०७९ ले नेपाल बीमा प्राधिकरण स्थापना गरेको छ। यो एक अविछिन्न उत्तराधिकारवाला स्वशासित सङ्गठित संस्थाका रूपमा रहेको छ। यसले कानुनी रूपमा व्यक्तिसरह अधिकारको प्रयोग, कर्तव्य निर्वाह र दायित्व ग्रहण गर्न सक्छ। काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय रहने यो निकायले आवश्यकताअनुसार नेपालभित्र वा बाहिर आफ्ना शाखा कार्यालय खोल्न सक्ने व्यवस्था रहेको छ । नेपाल बीमा प्राधिकरणले देहायका भूमिका निर्वाह गरी नेपालको बीमा क्षेत्रलाई नियमित, व्यवस्थित, प्रतिस्पर्धी एवं विश्वसनीय बनाई बीमा क्षेत्रको विकास र विस्तारमा सहयोग गर्न सक्छ। क) विज्ञ सल्लाह प्रदान – बीमा
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

Public Service Preparation
१. राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’मा सहभागी हुने सन्दर्भमा आइसल्यान्डतर्फ कहिले प्रस्थान गर्नुभएको हो ?  वि.सं. २०७९ कात्तिक २२ सन् २०२२ नोभेम्बर ८ देखि १० सम्म चल्ने फोरममा विश्वभरका महिला नेत्रीको सहभागिता हुने । सो अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपीएल)ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गरेको । सन् २०१८ मा सुरु गरिएको फोरममा राजनीति, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र मिडियालगायत क्षेत्रका महिला नेत्रीको वार्षिक जमघट हुने । यो लैङ्गिक समानता, सशक्तीकरण र महिला नेतृत्व अभ्यासबारे विचार आदानप्रदान गर्ने मञ्चका रूपमा रहेको । २. जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औँ संस्करण कोप–२७ कहाँ आयोजना गरिएको छ ?  सार्म एल शेख (इजिप्ट) जलवायु परिवर्तनको उद्घोष भएको सन् १९९२ को रियो द जेनेरियो हु
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

Public Service Preparation
लोकसेवा आयोगको भूमिका १. सहरीकरण भनेको के हो ? नेपालमा नगरपालिका घोषणा गर्न के कस्ता सर्त तथा सुविधालाई आधार मानिन्छ ? उल्लेख गर्नुहोस्।   ग्रामीण बस्तीमा आधुनिक सहरी सुविधा विस्तार भई सघन र सुविधासम्पन्न बस्तीमा रूपान्तरण हुने प्रक्रियालाई सहरीकरण भनिन्छ। सहरीकरणसँगै आर्थिक तथा सामाजिक सम्बन्ध परिवर्तन हुँदै जान्छन्। बढ्दो जनसङ्ख्या र बसाइँसराइका कारण सहरी क्षेत्रको भूमिमाथि अनावश्यक चाप पर्न थाल्छ। आवास, सहरी पूर्वाधार एवं व्यापारिक क्रियाकलापका लागि भूमिको माग बढ्दै जाने भएकाले भूमिको मूल्य र महìव उच्च हुने गर्छ। पछिल्लो समय नेपालमा बढ्दै गएको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित बनाई स्वच्छ, हराभरा र बस्नलायक सहर निर्माण गर्नु चुनौतीपूर्ण देखिएको छ। नगरपालिका घोषणा गर्नका लागि चाहिने पूर्वसर्त एवं सुविधा क) जनसङ्ख्या हिमाली जिल्लाको हिमाली क्षेत्रमा कम्तीमा दस हजार, ह
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

Public Service Preparation
१. ६८ वर्षपश्चात् सुपरमुन कहिले देखियो ?   वि.सं. २०७३ कात्तिक २९ (सन् २०१६ नोभेम्बर १४) (वि.सं. २००५ पछि २०७३ कात्तिक २९ मा पृथ्वीको सर्वाधिक नजिक आइपुगेको चन्द्रमा ‘सुपरमुन’ सामान्य अवस्थामा भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको।) २. ‘सबैका लागि शिक्षा’ विषयक विश्व सम्मेलन कहिले र कहाँ भएको थियो ?  सन् १९९०, थाइल्यान्डको जोम्टिनमा ३. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?   वि.सं. २०७६ जेठ ६ ‘डिजिटल पूर्वाधार समृद्धिको आधार : हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको। अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिने। ४. जलवायु परिवर्तन र विश्वव्यापी द्वन्द्व बढ्दै जाँदा हुने विश्वव्यापी खाद्य
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

Public Service Preparation
निजामती कर्मचारीका कार्य विवरण  १. नेपालको सार्वजनिक खर्च व्यवस्थापनमा देखिएका समस्या पहिचान गर्दै सार्वजनिक खर्चको कुशल र नतिजामूलक व्यवस्थापन गर्ने उपाय सिफारिस गर्नुहोस् ।  सार्वजनिक हितका लागि सरकारले गर्ने खर्चलाई सार्वजनिक खर्च भनिन्छ । नागरिकप्रति सरकारको आधारभूत दायित्व निर्वाह गर्न सार्वजनिक खर्च अपरिहार्य मानिन्छ । लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने संवैधानिक दिशा निर्देशसँगै सार्वजनिक खर्चको माग बढ्दै गएको छ । यसैकारण सरकारको व्यय अनुमान बर्सेनि बढ्दै गएको देखिन्छ । तथापि वार्षिक बजेटले अनुमान गरेअनुसारको परिमाण, गुणस्तर र समयमा सार्वजनिक खर्च हुन नसक्दा नागरिकले अनुभूत गर्ने गरी खर्चको प्रभावकारिता हासिल हुन सकेको छैन ।  नेपालको सार्वजनिक खर्च व्यवस्थापनामा देखिएका समस्या – नेपालको सार्वजनिक खर्च व्यवस्थापनमा योजना, स्रोत विनियोजन, खर्च, लेखाङ्कन, प्
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

Public Service Preparation
१. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को तथ्याङ्कअनुसार विश्वको जनसङ्ख्या कति पुगेको छ ?  आठ अर्ब – यूएनएफपीएले सन् २०२२ नोभेम्बर १५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको । – प्रतिवेदनले औसत आयुमा वृद्धि र बालमृत्युदरको कमीलाई जनसङ्ख्या वृद्धिको मुख्य कारण मानेको । – प्रतिवेदनअनुसार सन् २०८० सम्म विश्वको जनसङ्ख्या १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म यही स्तरमा रहने प्रक्षेपण रहेको । – विश्व जनसङ्ख्यामा सबैभन्दा ठूलो हिस्सा (झन्डै चार अर्ब) एसिया महादेश र दोस्रो ठूलो हिस्सा अफ्रिकाको रहेको । – चीन र भारतजस्ता दुई ठूला छिमेकी राष्ट्रको जनसङ्ख्या क्रमशः एक अर्ब ४५ करोड र एक अर्ब ४० करोडभन्दा बढी रहेको । २. सन् २०२२ नोभेम्बरमा भएको साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र कुन हो ?  नेपाल (उ
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

Public Service Preparation
संविधानमा राज्यशक्तिको बाँडफाँट  १. तलब भनेको के हो ? निजामती कर्मचारीको तलब भत्ता पुनरवलोकन सम्बन्धमा के कस्तो व्यवस्था रहेको छ ? उल्लेख गर्नुहोस्।  सरकारद्वारा प्रस्तुत सेवा, सर्त तथा सुविधामा मञ्जुरी जनाई राष्ट्रसेवा गर्ने तीव्र इच्छासहित सरकारी सङ्गठनमा प्रवेश गर्ने व्यक्तिहरू कर्मचारी हुन्। आफूलाई सुम्पेको काम गरेबापत प्रचलित कानुनअनुसार कर्मचारीले प्राप्त गर्ने पारिश्रमिक तलब हो। राष्ट्रसेवा नै पेसा भएकाले कर्मचारी र निजको आश्रित परिवारको जीवन निर्वाह गर्न पुग्ने गरी तलबमान निर्धारण गर्न‘पर्ने मान्यता छ । नेपालमा निजामती कर्मचारीको तलब, भत्ता र तथा अन्य सुविधा पुनरवलोकन गर्न एक तलब भत्ता पुनरवलोकन समिति रहेको छ। यस समितिको संरचना यस प्रकार रहेको छ : क) नेपाल सरकारको मुख्यसचिव – अध्यक्ष ख) सचिव, अर्थ मन्त्रालय – सदस्य ग) सचिव, सामान्य प्रशासन मन्त्रालय – सदस्य य
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

Public Service Preparation
१. मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपलिका कुन हो ?  सुरुङ्गा सप्तरीको सुरुङ्गा नगरपालिका वि.सं. २०७९ मङ्सिर १४ मा बालविवाहमुक्त नगरपालिका घोषित भएको । नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका–२०७९ मा उल्लिखित ९० प्रतिशतभन्दा बढी अङ्क हासिल भएपश्चात् बालविवाहमुक्त नगर घोषणा गरिएको । नगरमा विवाहका घटनाको तथ्याङ्क तथा अभिलेख चुस्तदुरुस्त राखेको हुनुपर्ने, बालसंरक्षण संयन्त्र बनेको हुनुपर्ने र नीति बनाएर लागू गरेको हुनुपर्ने, सबै बालबालिकाको अनिवार्य जन्मदर्ता गरेको हुनुपर्नेलगायतका १४ वटा सूचकको आधारमा नगरपालिकालाई बाालविवाहमुक्त घोषणा गरिएको । २. मिस अर्थ–२०२२ को उपाधि चुम्ने सुन्दरी को हुन् ?   मीना स्युचोई (दक्षिण कोरिया) फिलिपिन्सको मनिलामा आयोजित मिस अर्थ प्रतियोगितामा विभिन्न राष्ट्रका ८६ प्रतिस्पर्धीलाई पछि पार्दै स्युचोईले सो उपाधि जितेकी । प्र