Science and Technology Archives | Page 5 of 6 | Education Patra

Science and Technology

Featured posts

ट्विटर ह्याकः एफबीआईले अनुसन्धान गर्दै, विज्ञहरू भन्छन्, ‘अझ बढी क्षति हुनसक्थ्यो’

ट्विटर ह्याकः एफबीआईले अनुसन्धान गर्दै, विज्ञहरू भन्छन्, ‘अझ बढी क्षति हुनसक्थ्यो’

Main News, Science and Technology
स्रोतः बिबिसी नेपाली अमेरिकामा सङ्घीय जाँच ब्यूरो (एफबीआई)ले बिटक्वाइन काण्डको झल्को आउनेगरी बुधवार भएका चर्चित व्यक्ति एवम् अन्तर्राष्ट्रिय कम्पनीका ट्विटर खातामा भएका 'ह्याकिङ' अनुसन्धान सुरु गरेको छ। त्यसअघि न्यूयोर्क राज्यका गभर्नर एन्ड्रू कोमोले राष्ट्रपति चुनाव हुने समय आइरहँदा भएको 'उक्त घटना प्रजातन्त्रको लागि गम्भीर खतरा' भएको भन्दै सरकारी निकायहरूलाई अनुसन्धानको आदेश दिएका थिए। ट्विटरको आन्तरिक प्रणालीमार्फत् साइबर अपराधीहरूको सन्देश कम्तीमा ३५ करोड मानिसहरूसम्म पुगेको थियो। आक्रमणकारीको निसानामा परेर दुरुपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँ लाख मानिसले पछ्याएका छन्। 'एउटा बिटक्वाइन काण्ड'मा थुप्रै अर्बपति, नेता र कम्पनीका ट्विटर खाता ह्याक क्रिप्टोकरेन्सी संस्थापक पासवर्डसहित मरेपछि १५ अरब रुपैयाँ बराबरको साइबर मुद्रा गायब आक्रमण ‍आक्र
प्रविधिको दुरूपयोगबाट बालबालिका बढी प्रभाबित

प्रविधिको दुरूपयोगबाट बालबालिका बढी प्रभाबित

Science and Technology, Thought/Blog
माया केसी      बुटवल, २७ कार्तिक । सूचना प्रविधिको विकास दिनदिनै बढिरहेको छ । योसँगै इन्टरनेटको प्रयोग गर्नेको संख्यामा पनि बृद्धि भएको पाइन्छ । इन्टरनेट प्रयोगबाट जति धेरै राम्रा कुराहरू पाइन्छ जति धेरै फाइदाहरू लिन सकिन्छ, त्यसको दुरूपयोगले यसका बेफाइदहरूमात्र हात लाग्छन् । पछिल्लो समयमा विशेषगरी साना बालबालिकाहरूमा प्रविधिको दुरूपयोग देख्न सकिन्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी सिता दर्लामीलाई आप्mनो १० वार्षिय छोरा सनम दर्लामीलाई पढाउन नसकिएको बताउँछिन् । भारतीय सेनामा कार्यरत बावुले समयअनुसारका प्रविधिका सामग्रीसँग घुलमिल हुन आवश्यक ठानेर महङ्गो मोवाइल किनिदिए । त्यसको सही प्रयोग छोराले नगरेको देख्दा आजभोलि उनको मन खिन्न हुन्छ । विद्यालय पछिको समयमा खाली मोवाइलमा झुन्डिएकाले पढाइमा समेत कमजोर भएको बताइन् । विभिन्न प्रकारका चलचित्र कार्टुन हेरेर पढाइसमेत बिगारेको गुनासो आमाले
नेसनल पेमेन्ट गेटवे दुई महिनाभित्र

नेसनल पेमेन्ट गेटवे दुई महिनाभित्र

Science and Technology
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले आगामी दुई महिनाभित्र नेसनल पेमेन्ट गेटवे सञ्चालन गर्ने तयारी थालेको छ । महालेखा नियन्त्रकको कार्यालयको लेखा प्रणालीलाई पेमेन्ट गेटमा एकीकृत गर्ने र आगामी भदौदेखि पेमेन्ट गेटवे सञ्चालन गर्ने तयारी भइरहेको केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले जानकारी दिए । प्रविधि पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको सेमिनारमा पौडेलले पेमेन्ट गेटवे सञ्चालनमा आएपछि अनलाइनमार्फत हुने सरकारी भुक्तानी प्रणाली सहज हुने बताए । ‘अहिले हरेक भुक्तानी सेवा प्रदायकले हरेक बैंकसँग छुट्टाछुट्टै सहकार्य गरी डिजिटल भुक्तानी सेवा दिइरहेका छन्,’ उनले भने, ‘नेसनल पेमेन्ट गेटवे सञ्चालनमा आएपछि सबै सेवा एकीकृत हुन्छ ।’ दुई महिनाभित्र सीमित सरकारी कार्यालयमा नेसनल पेमेन्ट गेटवे सुरु हुने र बिस्तारै सबै सरकारी कार्यालयलाई यसमा एकीकृत गरिने उनको भनाइ छ । नेसनल पेमेन्ट गेटवेल
यो हो संसारकै महंगो मेमोरी ड्राइभः क्षमता १०० टिबी, मूल्य ४० हजार डलर

यो हो संसारकै महंगो मेमोरी ड्राइभः क्षमता १०० टिबी, मूल्य ४० हजार डलर

Science and Technology
एजेन्सी अमेरिकी डाटा स्टोरेज कम्पनी निम्बुस डाटाले विश्वकै सबैभन्दा महंगो स्टोरेज ड्राइभ बजारमा ल्याएको छ । १ सय टेराबाइट स्टोरेज क्षमताको उक्त सोलिड स्टेट ड्राइभ (एसएसडी) को मूल्य ४० हजार अमेरिकी डलर तोकिएको छ । सबैभन्दा ठूलो सोलिड–स्टेट ड्राइभ अर्थात् मेमोरी ड्राइभ उत्पादन गर्ने कम्पनीको रुपमा विश्व किर्तिमान कायम गरेको निम्बुस डाटाले यसअघि केवल खरीद कर्ताका लागि मात्र मूल्यसूचि प्रदान गर्ने गरेकोमा अहिले उक्त ड्राइभको मूल्य आम रुपमा सार्वजनिक गरेको हो । सो मेमोरी स्टोरेज ड्राइभको नाम Nimbus Data ExaDrive DC100 SSD हो । त्यसमा एण्ड टू एण्ड डाटा प्रोटेक्सन प्रविधि समेत रहेको हुँदा संग्रहित डाटाहरु सुरक्षित रहने बताइएको छ । कम्पनीका अनुसार उक्त स्टोरेज ड्राइभ विशेष गरी औद्योगिक तथा सैन्य प्रयोजनका लागि डिजाइन गरिएको हो । यसले अधिकतम विश्वसनीयता, उच्च घनत्व तथा न्यूनतम उर्जा खपत
गुगल र फेसबुकमा इन्टरनेट खपत धेरै

गुगल र फेसबुकमा इन्टरनेट खपत धेरै

Science and Technology
काठमाडौँ। गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये ८२ प्रतिशत ब्यान्डविथ गुगल र फेसबुक चलाउनमै खर्च हुने देखिएको हो । तथ्याङ्कअनुसार गुगल प्रयोगमा ५१ प्रतिशत र फेसबुकमा ३१ प्रतिशत ब्यान्डविथ खपत भइरहेको छ । यसबाहेक समाचारजन्य अनलाइन सामग्रीमा आठ प्रतिशत, टिकटक, अकामाई र इन्टरनेट सेवा प्रदायकको कन्टेन्टमा दुई दुई प्रतिशत ब्यान्डविथ खपत हुने पाइएको छ । अनलाइन चलचित्र हेर्ने सुविधा उपलब्ध गराइरहेको नेटफ्लिक्सका लागि नेपालीले एक प्रतिशत इन्टरनेट खपत गरिरहेको पनि तथ्याङ्कले देखाएको छ । आन्तरिक खपतका यी कन्टेन्टमा प्रतिसेकेन्ड १.६ टेराबाइट इन्टरनेट प्रयोग भएको समूहका अध्यक्ष समितजन थिङले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा पनि गुगल र फेसबुक प्र
लकडाउनमा इन्टरनेट खपत ३५ प्रतिशत बढ्यो

लकडाउनमा इन्टरनेट खपत ३५ प्रतिशत बढ्यो

Science and Technology
काठमाण्डौ । सरकारले कोभिड–१९ न्यूनीकरणका लागि गरेको लकडाउनको समयमा इन्टरनेट खपत बढेको छ । लकडाउन अगाडिको १० दिनको तुलनामा लकडाउनपछिको १० दिनयता ३५ प्रतिशतसम्म इन्टरनेट व्याण्डविथ खपत बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लकडाउन अगाडि व्याण्डविथ खपतमा उतारचढाव आए पनि अहिले भने सबैजसो समयमा उत्तिकै मात्रामा इन्टरनेट खपत भएको छ । बेलुका ८ देखि ९ बजेको समय इन्टरनेट खपतका दृष्टिले उच्च विन्दुमा छ । प्राधिकरणका निर्देशक विजयकुमार रोयले पनि लकडाउनअघिका १० दिनको तुलनामा लकडाउनपछिका १० दिनमै इन्टरनेटको प्रयोग ३५ प्रतिशतसम्म बढेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत पनि १० प्रतिशत हाराहारीमा बढेको जानकारी दिए । लकडाउनले इन्टरनेटको मागमा पनि स्थिरता ल्याएको रोयले बताए । पहिले दिनभरीमा कुनै समय अत्याधिक माग आउने र कुनै समय माग निकै घट्ने गरेको थियो । तर, अहिले त्यस्तो उतारचढा
टिकटक हङ्‌कङबाट हट्ने, प्रतिबन्ध लगाउने विचारमा अमेरिका

टिकटक हङ्‌कङबाट हट्ने, प्रतिबन्ध लगाउने विचारमा अमेरिका

International, Science and Technology
एजेन्सी । चर्चित भिडिओ एप टिकटकले नयाँ सुरक्षा कानुनका कारण आफू हङ्‌कङबाट हट्ने बताएको छ। “हालैका घटनाहरूलाई विचार गर्दै हामीले हङ्‌कङमा टिकटक एप सञ्चालन नगर्ने निर्णय गरेका छौँ,” एक प्रवक्ताले बीबीसीलाई बताए। रोएटर्स समाचारसंस्थाका अनुसार टिकटक त्यहाँबाट केही दिनमै हट्नेछ। फेसबुक र ट्विटरले यसै साता हङ्‌कङ प्रहरीसँग प्रयोगकर्ताको जानकारीसम्बन्धी सहकार्य हाललाई रोक्ने बताएका छन्। चीनबाहिर मात्र टिकटक चिनियाँ कम्पनी बाईटडान्सले टिकटकलाई चीनबाहिरका प्रयोगकर्ताका लागि निर्माण गरेको हो। हङ्‌कङमा नयाँ सुरक्षा कानुन उल्लङ्घन गरे आजीवन जेल हुनसक्ने ब्रिटेनद्वारा हङ्कङका तीस लाख बासिन्दालाई ‘नागरिकताको प्रस्ताव’ सो कम्पनीले चीनभित्र भने त्यस्तै खाले डोयिन नामक एप सञ्चालन गर्छ। वाल्ट डिज्ने कम्पनीका पूर्वप्रशासक केभिन मायरले नेतृत्व लिएको टिकटकले प्रयोगकर्ताको जानकारी च