बहुराष्ट्रिय कम्पनीहरु फेसबुकसँग सम्बन्ध तोड्दै
काठमाडौँ — यति बेला संसारभरका ठूला ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरेका छन् । कसैले एक महिना त कसैले अनिश्चितकालका लागि विज्ञापन नदिने भनिरहेका छन् । स्टप हेट फर प्रफिट (नाफाका लागि घृणा नफैलाऊ) नामक अभियानप्रति ऐक्याबद्धता जनाउँदै संसारभरका तीन सयभन्दा बढी ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरिसकेका छन् ।
विभिन्न नागरिक अधिकारसम्बन्धी संघसंस्थाहरूले संयुक्त रूपमा स्टप हेट फर प्रफिट नामक अभियानको सुरुवात गरेका छन् । जति माग गर्दा पनि आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक अभिव्यक्ति रोक्न ठोस काम नगरेको भन्दै फेसबुकलाई दबाब दिन यो अभियान सुरु भएको हो । फेसबुकसँग सम्बन्ध तोड्ने सूचीमा स्टारबक्स, कोकाकोला, युनिलिभर, भाइबरजस्ता संसार प्रसिद्ध ब्रान्ड पनि छन् । यी कम्पनीले विज्ञापन नदिँदा फेसबुकको आम्दानीमा गम्भीर धक्का पुग्न सक्छ । स्टारबक्सले मात्र सन्