Top Feature News Archives | Page 5 of 17 | Education Patra

Top Feature News

मेला रोकिएपछि १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं ।  स्पष्ट आधारबिना काठमाडौँ महानगरपालिकाले राजधानीको शैक्षिक मेला रोकेको आरोप लगाउँदै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर गरेको छ। आइतबार हिसानद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार मेला रोकिँदा भएको १५ करोड रुपियाँबराबरको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। हिसानले जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना गरेको थियो। तर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै मेला स्थलबाटै विद्यार्थी भर्ना गरिएको, उनीहरूको नाम दर्ता गरेको तथा शुल्कबारे जानकारी दिइएको आरोप लगाउँदै महानगरपालिकाले सोही दिन मेला बन्द गराएको थियो। महानगरपालिकाले मेला सञ्चालन गर्नुअघि नै सार्वजनिक स
साइबर सुरक्षा अहिलेको मुख्य चुनौती: मन्त्री रेखा शर्मा

साइबर सुरक्षा अहिलेको मुख्य चुनौती: मन्त्री रेखा शर्मा

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, घोराही।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको प्रमुख चुनौती रहेको बताउनुभएको छ । शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षाका चुनौती बढेको बताउँनु भयो । मन्त्री शर्माले भन्नु भयो, नेपालमा सूचना प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ, तर प्रभावकारी कानुन, नीति र नियमावली नहुँदा यसको दुरुपयोगको जोखिम बढेर गएको छ र यसलाई सम्बोधन गर्नुपर्ने चुनौती सरकारका सामु छ। कमजोर साइबर सुरक्षा कानुनका कारण नागरिकको गोपनियता हनन भई विभिन्न साइबर अपराध हुने गरेको मन्त्री शर्माले बताउँनु भयो । यस्ता दुरुपयोग हुन नदिन सरकारले साइबर सुरक्षा ऐन बनाउँन लागेको उहाँले बताउँनु भयो । । ‘सूचना र प्रविधिको दुरुपयोग र साइबर अपराधमा भएको वृद्धि
काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

Main News, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको छ । प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला रोकेको हो । आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति लिने क्रममा स्थानीय तहसँग पनि सहमति लिनु भनेको थियो । तर, अनुगमनको क्रममा काठमाडौँ महानगरपालिकासँग सहमति नलिएको उनको भनाई छ । त्यस्तै कक्षा १० र १२ को नतिजा सार्वजनिक नभई अग्रिम भर्ना लिन नपाउने कानुनी व्यवस्था छ । तर, शैक्षिक मेलामा विद्यार्थीहरूलाई अग्रिम रसिद दिएर पछि भर्ना खुलेको छुट पाउने भन्दै दिने गरेको पाइएकोले मेलालाई रोक लगाइएको उनको भनाई छ । उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूका लागि हिसानले एडुफेयर (शैक्षिक मेला) को आयोजना गरेको थि
रैथाने शिल्पकला विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदलले प्रतिवेदन बुझायो

रैथाने शिल्पकला विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदलले प्रतिवेदन बुझायो

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। पूर्वसचिव मानबहादुर विके संयोजकत्वको चार सदस्यीय कार्यदलले त्यसबारे विस्तृत अध्ययनपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदर किरातीलाई सुझाव र सिफारिससहितको प्रतिवेदन बुझाएको हो। सरकारले गत चैत २० मा गठन गरेको कार्यदलमा राजन मुकारुङ, भोगीराज चाम्लिङ र गीता चौधरी सदस्य छन्। कार्यदलले प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनाको अवधारणा, आधार, आवश्यकता र सम्भावनाका विषयमा विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको कार्यदलका संयोजक विकेले जानकारी दिए। कार्यदलले प्रस्तावित विश्वविद्यालय स्थापनाका लागि आवश्यक नीतिगत तथा संरचनागत पूर्वाधार तैयार गर्न विकास समिति गठनको माग समेत गरेको छ। त्यसकालागि हालकै कार्यदलमा शिक्षा, श्रम र उद
काठमाडौं महानगरपालिकाद्धारा छात्रवृत्तिको विवरण नबुझाउने ३४२ निजी विद्यालयको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं महानगरपालिकाद्धारा छात्रवृत्तिको विवरण नबुझाउने ३४२ निजी विद्यालयको नाम सार्वजनिक (सूचीसहित)

Main News, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण नबुझाएको ३४२ वटा निजी विद्यालयको नाम मङ्गलबार प्रकाशित गरेको छ । महानगरको शिक्षा विभाग प्रमुख सीतराम कोइरालाले पुरानो सङ्घीय शिक्षा नियमावली र काठमाडौं महानगरको नियमावली र ऐनमा छात्रवृत्ति वितरण एवम् यसको विवरण बुझाउनुपर्ने व्यवस्था रहेको बताउनुभयो । विभाग प्रमुख कोइरालाले भन्नुभयो, “छात्रवृत्ति वितरण गरेर त्यसको जानकारी दिनुपर्ने भन्ने थियो । कतिपय विद्यालयले छात्रवृत्ति वितरण गरेर पनि त्यसको विवरण उपलब्ध भएन । उहाँहरूलाई हामीले पटक–पटक पत्राचार गरेको हो । सूचना पनि सार्वजनिक गरेका हौँ । त्यसपछि पनि वितरण प्राप्त नभएपछि यो सूची सार्वजनिक गरेका हौँ ।” उहाँले मङ्गलबार पछिल्लो समयसम्म प्राप्त सम्पूर्ण जानकारी केहीबेरमा पुनः सार्वजनिक हुने जानकारी पनि दिनुभयो । विद्यालयले अनिवार्य विवरण बुझाउनै पर्ने भन्ने ज