कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ : मन्त्री अर्याल
जनादेश नेपाल, काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएकी छिन् ।
सोमबार ‘खाद्यका लागि कृषि अभियान’ले गरेको ‘कृषि विकासका समसामयिक सवालहरु’ छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी हुन् । कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामर्थ्य नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उनले बताइन् । ‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्नेगरी, कृषि क्षेत