आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइयोः साहित्य र प्रर्यटनलाई जोडेर लैजान विज्ञहरुको जोड | Education Patra

आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइयोः साहित्य र प्रर्यटनलाई जोडेर लैजान विज्ञहरुको जोड


भिमसेन गिरी

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइयो ।

काठमाण्डौको रानी पोखरी नजिकै रहेको भानुको शालिकमा माल्यापर्ण गरी भानुभक्त प्रति शर्द्धाव्यक्त गरिएकोछ । दाड., बुटवल, चितवन, पोखरा, नेपालगंज, धनगडी, महेन्द्रनगर लगाएत देशका विभिन्न भागमा भानु जयन्ति मनाइएकोछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा स्वर लय हालेर पाठ गरिन्छ ।

रामायण बाहेक वधूशिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तरमाला जस्ता पद्य र ‘भर्जन्म घाँसतिर मन् दिइ…’, ‘बालाजी देख्याँ…’, ‘अमरावति कान्तिपुरी नगरी…’, ‘रोज् रोज् दर्शन पाउँछु’…, ‘बिन्ती डिट्ठा–विचारीसित…’ आदि फुटकर रचनाहरू हेर्दा पनि वीर धाराका यदुनाथ पोखर्याल, कृष्णभक्ति धाराका वसन्त शर्मा लुइटेल र निर्गुणभक्ति धाराका ज्ञान दिलदासभन्दा रचना कौशलमा भानुभक्त नै प्रखर देखिन्छन् । रामभक्ति धारामा त भानुभक्तसँग कुम जोड्न सक्ने कवि कुनै देखा पर्दैनन् ।

सूर्यविक्रम ज्ञवाली, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम जस्ता नेपाली साहित्यका हस्तीहरूले भानुलाई आदिकवि मान्ने नै भए । हृदयचन्द्रसिंह प्रधानले भने वसन्त शर्मालाई आदिकवि र भानुभक्त आचार्यलाई ‘आदि प्रतिनिधि कवि’ भन्दा समीचीन हुने धारणा व्यक्त गरेका छन् ।प्राथमिककालीन कविहरूमध्ये भानुभक्तलाई नै श्रेष्ठ बनाएको ‘रामायण’ महाकाव्यले हो ।

207th Birth Anniversary of Bhanubhakta Acharya | Collegenp

नेपालीमा रामगाथालाई लोकप्रिय बनाउन, नेपाली समाजमा रामायण संस्कृतिको विकास गराउन र नेपालीहरूमा रामप्रति भक्तिभाव बढाउन सर्वाधिक योगदान भानुभक्तीय रामायणको रह्यो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

आदिकवि भानुभक्त आचार्यको २०५ औं ...

भानुभक्त आचार्यभन्दा पहिले नेपालीमा कविता लेख्ने कविहरू नभएका होइनन्, तर आदिकवि कहलाउने सौभाग्य भानुलाई मिल्यो । नेपाली कविताको प्राथमिक कालको वीर र भक्ति धारामा भानुभक्त अगाडि, पछाडि र समकालीन भएर कलम चलाउने थुप्रै कवि थिए, तर ती सबमध्ये भानु सर्वाधिक लोकप्रिय प्रतिभाका रूपमा देखापरे ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्