दौडने विन्दु एउटै भयो भने खेल निष्पक्ष हुन्छ : तापसी पन्नू | Education Patra

दौडने विन्दु एउटै भयो भने खेल निष्पक्ष हुन्छ : तापसी पन्नू


काठमाडौँ ।  यतिखेर बलिउडमा नातावादको विषय चर्किरहेको छ । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि यो विषयले बलिउड तताएको हो । सुशान्तको मृत्युपछि अभिनेत्री कंगना रनावतले यसको कारणमध्ये नातावाद पनि रहेको कुरा बोलेकी थिइन् । त्यसपछाडि बलिउडमा पक्ष विपक्षमा बोल्नेहरु थपिएका छन् ।

यसबीच अभिनेत्री तापसी पन्नूको ट्वीटलाई लिएर पनि चर्चापरिचर्चा हुन थालेको छ । हुन त अभिनेत्री पन्नू पनि संघर्ष गरेर बलिउडमा प्रवेश गरेकी हुन् । उनी पनि ‘आउटसाइडर’ कलाकारमा पर्छिन् ।

शुक्रबार अभिनेत्री पन्नूले निष्पक्ष दौडको विषय जोड्दै लेखिन्, ‘दौडमा सबै खेलाडीको सुरुवाती विन्दु एकै भएमात्र त्यो दौड निष्पक्ष हुन्छ र नतिजा पनि मान्य हुन्छ । तर भएन भने तुलना सुरु हुन्छ र त्यसपछि आउने आक्रमणले खेलको गरिमा नै खोसिदिन्छ ।’

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्