प्रतिभालाई दुई लाख सहयोग | Education Patra

प्रतिभालाई दुई लाख सहयोग


अन्तर्राष्ट्रिय कराते प्रतियोगिता ...

काठमाडौँ, ५ साउन (रासस) ः

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले भलिबल खेलाडी प्रतिभा मालीलाई उपचारका लागि रु दुई लाख सहयोग गरेको छ ।

लामो समयदेखि चोटील बनेकी मालीलाई सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वअध्यक्ष दीपक विष्ट र १३औँ सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आज सहयोग हस्तान्तरण गरेका हुन् ।

नेपाल भलिबल सङ्घले आयोजना गरेको पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक एनभीए कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा माली गत वर्ष माघ १० गते घाइते हुनुभएको थियो ।

उहाँको घुँडामा चोट लागेको थियो । प्रतिभा घुँडाको शल्यक्रियापछि थेरापी गर्दै आउनुभएको छ । चोटकै कारण उहाँले प्रतियोगितामा भाग लिन सक्नुभएन ।

आर्थिक अभाव भएपछि सङ्घले आफ्नो खेलाडी अक्षय कोषबाट सो सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि प्रतिभालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपचारका लागि रु पाँच लाख तथा नेपाल भलिबल सङ्घका पदाधिकारीले रु दुई लाख सहयोग गरेका थिए ।

प्रतिभाकै उत्कृष्ट खेल प्रदर्शनकै कारण नेपालले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक तथा गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग)मा रजत पदक प्राप्त गरेको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्