कीर्ते र ठगी मुद्दाका फरार अभियुक्त पक्राउ | Education Patra

कीर्ते र ठगी मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौँ ।

सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार हुँदै आएका ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार साँझ पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

उक्त मुद्दामा उच्च अदालतको फैसलाले दुई वर्ष कैद तथा रु ३७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उनी ललितपुरको सातदोबाटोबाट पक्राउ परेको आज सआइबीले विज्ञप्तिमार्फत जनाएको छ । महतसमेतका व्यक्तिहरुले लोप्साङ लामा र निजकी श्रीमती च्यूङ्ताङ लामाको नाममा रहेको कठमाडौँ सीतापाईलास्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा सरकारी छाप कीर्ते गरी बिक्री गरेका थिए ।

उनीहरुले काठमाडौँ जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजात नक्कली बनाई उक्त जग्गा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठको नाममा नामसारी गराई कास्कीका प्रवीणमान श्रेष्ठलाई गफलतमा पारी रु ७५ लाखमा बिक्री गरेको जनाइएको छ । सोही कसुरमा संलग्न मालपोत कार्यालय कलङ्कीका भीमबहादुर राईलाई २०७४ सालमा नै पक्राउ गरेको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्