भगवान गिरीे,
पोर्चुगल । पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका–१० की दिलमाया दर्लामी मगरलाई रु चार लाख १५ हजार सहयोग गरेका छन् ।
विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहनुभएको छ । पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि रु २५ हजार सहयोग गर्नुभएको हो । विगत सात वर्षदेखि पोर्चुगल बस्दै आउनुभएका युवा दिनेश भण्डारीको अगुवाइमा आर्थिक सहयोग गरिएको हो ।
पीडित मगरलाई उपचारका लागि रु १५ लाख चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ ।
स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय मनकारी नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ । रासस