युभेन्टसलाई च्याम्पियन बन्ने अवसर | Education Patra

युभेन्टसलाई च्याम्पियन बन्ने अवसर


एजेन्सी । इटालियन सिरी ‘ए’ मा आज राति ३६औं चरणका विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधिनजिक रहेको युभेन्टसले घरेलु मैदानमा साम्पडोरियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ ।

यो खेलमा जित हात पारे युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ को च्याम्पियन बन्नेछ । अघिल्लो खेल उडिनेजेविरुद्धको खेलबाटै च्याम्पियन बन्न सक्ने भएपनि पराजित भएपछि युभेन्टसले अर्काे खेल कुर्नुपर्ने भएको हो । युभेन्टस च्याम्पियन बन्ने लक्ष्यसहित घरेलु मैदान अलिआन्ज एरिनामा उत्रनेछ । मौरिसियो सार्रीको प्रशिक्षणमा पहिलो उपाधि नजिक रहेको युभेन्टस लगातार नवौं सिजन सिरी ‘ए’ च्याम्पियन बन्ने दाउमा हुनेछ ।

युभेन्टस ३५ खेलबाट ८० अंक जोडेर शीर्षस्थानमा रहेको छ । ३६ खेलबाट ७६ अंक जोडेर इन्टर मिलानले युभेन्टसलाई दवाव बढाइरहेको छ । स्पष्ट चार अंकको अग्रतामा रहेको युभेन्टसले साम्पडोरियामाथि जित निकाल्न सके इन्टर मिलानलाई ७ अंकले पछि पार्दै दुई खेल बाँकी छदै च्याम्पियन बन्न सक्नेछ ।

साम्पडोरियाविरुद्ध स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चर्काे दवावमा हुनेछन् । गोल्डेन बुटको दौडमा रहेको रोनाल्डोमाथि बढी भन्दा बढी गोल गर्न दवावमा रहनेछ । रोनाल्डो भन्दा अघि जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की (३४) र सिरी ‘ए’ क्लब लाजियोका सिरो इम्मोबाइल (३१) छन् । रोनाल्डोको ३० गोल छ । रोनाल्डो बाँकी रहेको तीन खेलबाट बढी भन्दा बढी गोल गर्दै युरोपियन गोल्डेन बुट हत्याउने दाउमा छन् ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्