उद्योग दर्ता हुने क्रम घट्यो    | Education Patra

उद्योग दर्ता हुने क्रम घट्यो   


जनादेश संवाददाता, 

चितवन । कोभिड–१९ को जोखिमले गर्दा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम घटेको छ ।

गत आर्थिक वर्षमा अघिल्ला वर्षभन्दा कम उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ भन्दा गत आर्थिक वर्ष २०७६/०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने घटेका छन् । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आर्थिक वर्षमा एक हजार ६८८ उद्योग दर्ता भएका थिए ।

गत वर्षमा यो सङ्ख्या एक हजार ४४८ मा झरेको छ ।

अघिल्लो आर्थिक वर्षमा उद्योग दर्ताबाट रु ४९ लाख १४ हजार राजश्व सङ्कलन भएकोमा गत आर्थिक वर्षमा रु ३५ लाख ५८ हजार मात्र राजश्व सङ्कलन भएको छ । रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्