कोरोना संक्रमित भेटिएपछि महाबौद्धका पसल बन्द | Education Patra

कोरोना संक्रमित भेटिएपछि महाबौद्धका पसल बन्द


जनादेश, काठमाडौं ।

काठमाडौं महानगरपालिका–२७ महाबौद्धका ६ जनामा कोरोना पुष्टि भएसँगै सो क्षेत्रका करीब ६० ओटा पसल बन्द गरिएका छन् । पीसीआर परीक्षणमा दुई वटा घरका ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका उनीहरु मध्ये छोरी १६ दिन अघि भारतबाट फर्किएकी थिइन् । भारतबाट फर्किएको हप्तादिन भित्रै उनलाई श्वासप्रश्वासमा समस्या र टाउको दुख्ने बिरामीले सतायो । लक्षण अनुसार कोरोना आशंका भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

हाल उक्त घरका पाँचै जना टेकु अस्पतालमा उपचाररत छन् । अर्का एकजना ४९ वर्षीय पुरुषलाई भने पाटन अस्पतालमा भर्ना गरिएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्