प्रधानमन्त्री ओलीले विधि विपरीत बैठक स्थगित गर्नु अनुचित भएको बहुमत सदस्यको निष्कर्ष | Education Patra

प्रधानमन्त्री ओलीले विधि विपरीत बैठक स्थगित गर्नु अनुचित भएको बहुमत सदस्यको निष्कर्ष


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको स्थायी कमिटी बहुमत सदस्यहरुको बैठकले ओलीले पूर्व निर्धारित बैठक स्थगित गर्नु बिधि बिपरीत र अनुचित भएको निष्कर्ष निकालेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबाट पार्टी एकताको रक्षा गर्न र पार्टीलाई विधि सम्मत तरिकाले चलाउनका लागि नेता कार्यकर्तालाई आग्रह गरिएको बताएका छन् । आज बस्ने भनिएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीले एकलौटी ढंगले स्थगित गरेका थिए । बैठक स्थगीत भएसँगैै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह बैठक बसेको हो ।

बैठकमा प्रचण्डले यसलाई जारी स्थायी कमिटी बैठकको निरन्तरताको रुपमा नबुझ्न र स्थायी कमिटीका बहुमत सदस्यको बैठकको रुपमा लिन सुझाव दिएका थिए ।

‘प्रधानमन्त्री ओलीले पूर्व निर्धारित बैठक स्थगित गर्नु बिधि बिपरीत र अनुचित भएको बैठकले ठहर गरेको छू,’ प्रवक्ता श्रेष्ठले भने ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्