केन्द्रीय समिति बैठकको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई १५२ सदस्यले बुझाए हस्ताक्षर | Education Patra

केन्द्रीय समिति बैठकको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई १५२ सदस्यले बुझाए हस्ताक्षर


जनादेश संवाददाता,

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समिति बैठक बोलाइनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।

बैठकको मागसहित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरुले हस्ताक्षरसहितको पत्र बुझाएका हुन् । स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि  उनीहरुले पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक माग गरेका हुन् ।

बैठक माग गर्नेमा बिजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, मुक्ति प्रधान, हिमाल शर्मा, लेखनाथ न्यौपाने, दिलुकुमारी पन्त, झपट बहादुर रावल, सुजन किराती, राजेन्द्र राई, बलावती शर्मा, कृष्ण केसीलगायत १५२ जना छन् ।

बैठक माग गर्ने केन्द्रीय सदस्य

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्