पूर्ण केन्द्रीय समितिको बैठक आह्वान, नेकपा पार्टी कार्यालयमा १५२ जना केसको हस्ताक्षर बुझाइयो | Education Patra

पूर्ण केन्द्रीय समितिको बैठक आह्वान, नेकपा पार्टी कार्यालयमा १५२ जना केसको हस्ताक्षर बुझाइयो


जनादेश, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय समिति सदस्यले केन्द्रीय समितिको पूर्ण बैठकको माग गर्दै संयुक्त हस्ताक्षर गरी पार्टी कार्यालयमा मागपत्र बुझाएका छन् । पार्टी स्थायी समितिको वैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अनिस्चित कालसम्मका लागि स्थगन गरेको तर अर्का अध्यक्ष पुष्पकमल दाहालसहित पार्टी उपाध्यक्ष र वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले बालुवाटारमै सम्पन्न गरेको घोषणा गरेपछि विभाजनको दिशातिर अघि बढेको नेकपाको एकताका लागि उक्त हस्ताक्षर बुझाइएको हो ।

पार्टीका अध्यक्ष द्वय, शाीर्ष नेताहरु र स्थायी कमिटी सदस्यहरुका बीचमा देखा परेको विभाजनको मनोविज्ञान, पद तथा जिम्मेवारीको बाँडफाँडसम्बन्धी विवाद, कार्यशैलीगत समस्या र कतिपय आग्रह तथा पूर्वाग्रहका समस्या समाधानका लागि भन्दै पार्टी कार्यालय सचिव श्रीराम ढकाललाई हस्ताक्षरसहितको पत्र बुझाइएको छ । पार्टी कार्यालयमा महासचिव विष्णु पौडेललाई नै पत्र बुझाउने तयारी गरिरहँदा उनी कार्यालयमा उपस्थित नभएपछि हस्ताक्षरकर्ता केन्द्रीय सदस्यहरुले कार्यालय सचिव ढकाललाई पत्र बुझाएका थिए ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटकपटक स्थगितहुँदै आउँदा बहुमत र अल्पमतका आआफ्नै अडडान देखिए पछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस गरेका केन्द्रीय समिति सदस्यहरुले संयुक्त रुपमा हस्ताक्षर संकलन गरेको जानकारी दिएका छन् । स्थायी समितिले विवाद समाधान गर्न नसक्ने देखेपछि पार्टीका युवा नेताहरुले हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।

 

पटकपटक स्थायी समितिको वैठक स्थगन भएपछि सशंकित रहेका सचेत केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन गरिरहेका थिए । मंगलबारसम्म आइपग्दा पार्टी आन्तरिक विवाद विभाजनतिर सोझिन थालेको आभाष हुन थालेपछि केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका हुन् ।

नेकपा पार्टी विधानअजसार विधानको धारा ५९ (४) मा कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटी बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक पन्ध्र दिनभित्र बोलाउनुपर्ने भनी उल्लेख भएअनुसार यो हस्ताक्षर संकलन गरिएको हस्ताक्षरकर्ता केन्द्रीय सदस्यहरुले बताएका छन् । हाल गठित ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २५ प्तिशत पुर्याउन ११० सदस्य भए पुग्छ तर १५२ सदस्यहरुले संयुक्त हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा बुझाएका छन् ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्